‘जनताका आकांक्ष धेरै छन्, त्यो पुरा गर्न सकिएको छैन’

कानेपोखरी गाउँपालिकाको वडा नं. १ गाउँपालिकाको सवै भन्दा दक्षिण भेगमा रहेको छ । बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा पुर्वाधार एवं अन्य विकासको चरण रहेको छ । वडाले विगत २ वर्षको अवधिमा गरेका महत्वपूर्ण कार्यहरू, हाल सञ्चालन भइरहेका गतिविधि र आउँदो दिनमा केकस्ता योजना सहित वडालाई कुन रुपमा विकास गरिदै छ रु वडाका संभावनाहरु के के छन् रु यिनै विषयमा केन्द्रित भएर लामो समयसम्म शिक्षण पेशालाई अङ्गालेर हाल जनप्रतिनिधिको रुपमा कार्य सम्हाल्दैँ आउँनुभएका वडा नम्बर १ का वडाअध्यक्ष रत्नबहादुर कार्कीसँग पत्रकार सनम रोक्काले गर्नुभएको कुराकानी :

२ वर्षको अवधीमा तपाईंले वडाभित्र सम्पादन गर्नुभएका महत्वपूर्ण कार्यहरु के के हुन ?

– मैले २ वर्षको अवधिमा पहिलो वर्षमा ४१ लाख बजेट प्राप्त भयो । त्योबाट हामीले सामान्य सडक निर्माण ग¥यो । अहिले सम्मचै खासै मैले सोचेका धेरै कुराहरु गर्न सकिरहेको छैन । विगतको वडाका प्रतिनिधिबाट अधुरो रहेका कामहरु बाँकीहरु पनि हामीले पूरा ग¥यौं । सेते चोकमा ५० लाखको ड्रेनको काम भएको छ । ससाना कामहरु खानेपानी, ट्युबवेल जडान लगायतका कार्यहरु भएका छन । बहुवर्षे योजना अन्तर्गत २ करोडको बजेट विनियोजन भएको छ साथै यस वडाको राधाकृष्ण मन्दिरको सडक पिच गर्न १ करोडको बजेट लगाइएको छ । आगामी वर्ष पिच बन्ने निश्चित भएको जानकारी गराउँछु ।

अन्य वडाको तुलनामा यस वडा केही पक्षले अविकसित हो ?

– वडा नम्बर १ अन्य वडा भन्दा केही हिसाबले पछि परेको अवश्य पनि हो । हामी कानेपोखरी पालिका जान बेलवारी हुँदै जानुपर्छ । आवतजावतमा समस्या छ । सहज तरिकाले वडा नम्बर १ आउँन चिसाङ खोला तर्नुपर्ने हुन्छ र सो स्थानमा पुल निर्माण गर्न हामी पहल गरिरहेका छौं र पालिका, प्रदेश र केन्द्र सरकारले पनि चासो दिइरहेको छ । हामी हाम्रो वडालाई चौतर्फी विकास गर्न प्रयास गरिरहेका छौँ ।

पालिकाको सिलिङ बजेट बाहेक अन्य बजेट ल्याउन नसकेको गुनासो छ नि, कारण के हो ?

– जनताबाट आएको गुनासो हुन सक्छ तर मलाई त्यस्तो लाग्दैन । पालिकाबाट २ करोडको बजेट छुट्टीएको छ साथै प्रदेश सरकारले यस वडाको लागि २० लाख बजेट विनियोजन भएको छ । हामी यस वडाको जनप्रतिनिधि हरेक तहका सरकारबाट बजेट ल्याउन कसरत गरिरहेका छौँ ।

तपाईँको पहुँच नपुगेको कारणले बजेट कम भएको हो ?

– साथीहरु सोचेको भए बेग्लै कुरा होला तर त्यस्तो लाग्दैन । म पनि सरकारको एक अंग हो । माग अनुसार बजेट प्राप्त भइरहेको छ । मैले भन्ने, गर्ने र माग्ने ठाँउमा प्रयास गरिरहेको छु । विकासको काम भइरहेको छ ।

शिक्षक र जनप्रतिनिधि बिचको फरक के रहेछ ?

– शिक्षक हुँदा व्यवहार राम्रो थियो । त्यो बेला बिहानदेखि बेलुकासम्म पढाउने काम मात्र हुन्थ्यो । तर, अहिले अलिक बढि बोझ बढेको छ । हाल सबै पक्षहरुलाई ख्याल गर्नुपर्ने हुन्छ । वडाको समग्र विकासमा ध्यान दिनुपर्ने हुन्छ र दिइरहेको पनि छु । जनप्रतिनिधि हुन त गाह्रो छ । मलाई जनताले माया गरेर वडाको सेवा गर्ने अवसर दिनुभएको छ र मैले पनि हरदम प्रयास गरिरहेको छु र गर्ने पनि छु ।

अब बाँकी रहेका ३ वर्षको योजनाहरु केके छन रु

– हाम्रो प्रतिबद्धता बमोजिम विकासका कार्यहरु पूरा गर्ने कोसिस गर्नेछु । २ वर्षको अवधीमा मैले सोचेको जस्तो विकास गर्न सकेको छैनौं । जनताले त झन अवश्य चित बुझाउनुभएको छैन । विकासले फड्को मार्न सकेको छैन । अबको तीन वर्षमा मैले बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्दै जानेछु । तपाईंहरुको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गरेको छु । धन्यवाद

सम्बन्धित भिडियो हेर्नुहोस् :

सम्बन्धित खवर