‘ल्होसारको शुभकामना’ बोलको गीतको भिडियो सार्वजानिक

१२ पुस, पथरी । मोरङको उर्लावारी–४ स्थित प्रार्थना रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी ल्होसारको शुभकामना गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।

मुहा क्रिएटिभ स्टुडियो पथरीको प्रस्तुति ल्होसार सम्वन्धि गीतको म्युजिक भिडियो जमर्को युट्युव च्यानलबाट सार्वजानिक गरिएको हो । तमु लगायतका ल्होसार पर्वको पूर्व सन्ध्यामा मुहा स्टुडियोले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका थिए ।

ल्होसार शुभकामना सम्वन्धि गीतमा पूर्वको युवा गायक नन्दु गुरुङ्गको संगीत तथा स्वर रहेको छ । भारतको सिकिक्मको विभिन्न गाउँमा छायाँकन गरिएको गीतको शब्द राम प्रसाद गुरुङ्गको छ भने सम्पादन र छायाँकन मुहासिंह मगरले गर्नु भएको छ ।

गीतको भिडियोमा कलाकारहरु साङ्गे छो गुरुङ, लुजा गुरुङ, कुसुम गुरुङ, पवन गुरुङ, विन्ध्या लिम्बू, ललित गुरुङ,चेंगा शेर्पा,एन.वी. गुरुङ रहेका छन् । यसै गरी कलाकारहरु यसोदा गुरुङ सिता,गुरुङ दृष्य गुरुङ,अभिषेक गुरुङ, सेलिना गुरुङ, प्रिया गुरुङ, ईन्दु गुरुङ, सरण गुरुङ, नरेश गुरुङ, अम्बर बहादुर गुरुङ, कविता गुरुङ, देउमाया गुरुङ नरमाया गुरुङले अभियान गरेका छन् ।

कुन्तीमाया गुरुङ, दीपेन गुरुङ, अन्जु सुनुवार, ब्यवस्थापक प्रेमचन्द्र गुरुङ (पी.सी.) कलाकारले अभियान गरेको म्युजिक भिडियोको सह–निर्माता देउ कुमार गुरुङ, निर्माता भुपाल गुरुङ, पवन गुरुङ र नृत्य निर्देशक ललित गुरुङ रहेको निर्देशक सोम मंग्रातीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि शब्द थ्रिएटर पथरीका निर्देशक, रंगकर्मी जीवन वरालले ल्होसारको शुभकामना बोलको गीतको शो पछि बोल्दै कलाकारले समाजमा भए गरेका विषय बस्तुलाई विभिन्न विधावाट बाहिर ल्याउनु पर्ने बताए । प्रेम गीत लगायतका फिल्ममा अभिनाय गरी सकेका कार्यक्रमका प्रमुख अतिथि वरालले मुलुक भित्र भएका विभिन्न पर्व मध्येको ल्होसार पर्वको विषयलाई गीतको अडियो मार्फत आम समुदायका माझ पुराएकोमा खुशी ब्यक्त गरे । कार्यक्रमका विशेष अतिथि पथरीशनिश्चरे ३ का वडाध्यक्ष विजय लिम्वू, म्युजिकि भिडियोका निर्देशक सोम मंग्रान्ती, प्रदिप दाहाल लगायतले म्युजिकि भिडियोको विषयमा बोलेका थिए ।

सम्बन्धित खवर