सि.एच.आइटिएफ प्रदेशको बेल्ट ग्रेडिङ : मोरङ जिल्लामा ७४ जनाको ग्रेडिङ

२२ मंसिर, मोरङ । सि.एच.आइटिएफ तेक्वान्दो कोशी प्रदेश संघले विभिन्न जिल्लामा बेल्ट ग्रेडिङ सुरु गरेको छ । शनिबार मोरङ जिल्ला अन्तरगत विभिन्न पालिकामा बेल्ट ग्रेडिङ सम्पन्न भएको छ ।

सि.एच.आईटिएफ तेक्वान्दो कोशी प्रदेश संघको अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वको टोलीले बेल्ट ग्रेडिङ सम्पन्न गरेको हो ।

ग्रेडिङमा वाइट बेल्टबाट एल्लो ४५ जना, एल्लो बेल्टबाट हाप ग्रिन ६ जना, ग्रिन बल्याक बेल्ट ५ जना, हाफ ब्लु ५ जना, ब्लु बेल्ट ५ जना, स्टेप रेड बेल्ट ३ जना, रेड बेल्ट ५ जना गरी जम्मा ७४ जनाले कलर बेल्ट प्राप्त गरेको छ ।

कानेपोखरी –२ स्थित दलेली डोजाङबाट १० जना, रंगेली नगरपालिका स्थित दर्बेशा डोजाङबाट २७ जना, कानेपोखरी –६, रमाइलो डोजाङबाट १५ जना, कानोपोखरी –७ आइतबारे डोजाङबाट ५ जना र उर्लाबारी नगरपालिका डोजाङबाट १७ जनाले बेल्ट फेरेका सिएचआईटिएफ तेक्वान्दो कोशी प्रदेश संघको अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले बताए ।

गत कार्तिकमा राष्ट्रिय ब्लाक बेल्ट ग्रेडिङ्बाट कोशी प्रदेशका ८ जना खेलाडी वान डानमा छानिएका थिए ।

नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नवलपरासीमा कात्र्तिक २२ गते आयोजनामा गरेको कार्यक्रममा कोशी प्रदेशका ८ जना खेलाडी ब्लाक बेल्टबाट वान डानको बेल्ट प्राप्त गरेको हो । वान डानको बेल्ट पाउनेहरुमा उत्सव बराल, रोयल राई, सूर्य चौधरी, अनुस्का धमला, युहाङ राई, मौसम लिम्बु, आशिका मगर र चेसुङ लिम्बु रहेका छन् ।

त्यस अघि तेक्वान्दो संघले अन्तराष्ट्रिय खेलको लागि खेलाडीहरुलाई काठ्माडौं लगेका थिए । प्रदेश, केन्द्र र अन्तराष्ट्रिय खेलहरुमा सहभागि गराउँर्दै जाने संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक भुजेलले बताए ।

सम्बन्धित खवर