मोरङ सिएच आईटिएफले चार स्वर्ण र दुई कास्य पदक जिते

१७ माघ, नवलपरासी । सिएच आईटिएफ अन्तराष्ट्रिय तेक्वान्दो संघको आयोजनामा नवलपरासीको बर्दघाटमा भएको आज सम्पन्न खेलमा मोरङ जिल्लाले चारओटा स्वर्ण पदक र दुईओटा कास्य पदक जितेको छ ।

स्वर्ण पदक पाउनेहरुमा पुर्णिमा अधिकारी, नन्दिका धिमाल, रोयल राई र सुर्य चौधरी रहेका छन् । त्यस्तै कास्य पदक पाउनेहरुमा रेशम शेर्मा र साइमन घिमाल रहेको सिएच आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष युवराज भुजेलले बताए ।

खेलाडीहरुलाई सिएच आईटिएफ तेक्वान्दो संघका प्रशिक्षक दिनेश विश्वकर्माले नेतृत्व गरेर खेलमा सहभागि गराएका थिए । मोरङबाट कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकाबाट खेलाडीहरु छनौट गरी खेलमा सहभागिता जनाइएको थियो । आयोजकले खेलमा तौल निर्धारण गरी प्रतिस्पर्धा गरेका थिए ।

‘सेकेण्ड जेनेरेशन चोइ मेमोरियल गेम २०२५’ अन्र्तरगत खेलमा सिएच आईटिएफ तेक्वान्दो संघका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागितामा प्रतिस्पर्धा गराइएको थियो । खेल माघ १६ गतेदेखी १७ गते सम्म भएको थियो । ७ वर्ष अघिबाट सिएच आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेशले विभिन्न खेलको आयोजना गरी खेलाडीहरु उत्पादनमा जोड दिर्दै आइरहेको छ ।

 

सम्बन्धित खवर