१७ फागुन, रमाइलो । मोरङको सुन्दरहरैचामा भएको कोशी प्रदेश स्तरीय स्थानीय स्काउट तेस्रो प्रशिक्षण क्याममा पर्ल एकेडेमीले तीनओटा पुरस्कार प्राप्त गरेको छ ।
शुक्रबार सम्पन्न क्याममा पर्ल ऐकेडेमी स्कुलले रगोली, स्काउट लोगोमा प्रथम पुरस्कार, सांस्कृतिक नृत्यमा तृतीय पुरस्कार र सांस्कृतिक फेसन सोमा तृतीय पुरस्कार जितेको हो । फागुन १३ देखि १६ गते सम्म मोरङको सुन्दरहरैचा – ८ स्थित शिक्षा निकेतन माविमा कार्यक्रम सम्पन्न भएको थियो ।
कोशी प्रदेश स्तरीय स्थानीय स्काउट कार्यालय बेलबारी र सुन्दरहरैचा नगरपालिकाद्वारा आयोजित तेश्रो संयुक्त प्रशिक्षण क्याम्पको आयोजना गरिएको थियो ।
क्याम्पमा ३५ विद्यालयको १२ सय विद्यार्थीहरु सहभागिता जनाएको पर्ल एकेडेमी स्कुलका निर्देशक मनकुमारी गुरुङले बताइन् ।