१७ जेठ, कानेपोखरी । कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको प्रथम अधिवेशनले संघको अध्यक्षमा युवराज भुजेल चयन भएका छन् ।
१५ गते विहिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अशोक फुयल, नरेन्द्र कुमार फोम्बो लिम्बु, सचिवमा दिनेश सुब्बा, सहसचिवमा राजकुमारी तामाङ, कोषाध्यक्षमा अन्जुला श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा दुर्गा नारायण खतिवडा, प्रेम प्रसाद भट्टराई लगाएत चयन भएका छन् ।
नेपाल चाङ हुन सि.एच. आईटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष कुसल बुढा मगरको प्रमुख आतिथ्यमा अघिवेशन सम्पन्न भएको थियो । विशिष्ट अतिथि तेह्रथुम आठराई गाउँपालिका उपाध्यक्ष बलिराज इङ्नाम लगाएत महासंघका केन्द्रिय उपाध्यक्ष र सदस्यहरु उपस्थित रहेका थिए ।
तदर्थ समितिका अध्यक्ष युवराज भुजेलको सभाअध्यक्षमा मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माविको प्राङ्गणमा सम्पन्न भएको थियो ।