आइतवार, साउन २४, २०८३

१० औं राष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन

१७ जेठ, कानेपोखरी । १० औं राष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा बोल्दै इङ्नामले खेलले बालबालीकालाई कुलतबाट जोगाउने काम गर्ने बताउँदै जीवनमा खेल अनिर्वाय रहेको बताइन् । विभिन्न जिल्लाबाट प्रतियोगितको लागि कानेपोखरीमा आए खेलाडीहरुलाई स्वागत गर्दै अनुसाशित भएर खेल खेल्न अनुरोध गरेकी थिइन् ।

कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा जेठ १५ गतेबाट खेल सुरु भएको छ । खेल आज १७ गते शनिबार राती सम्पन्न हुनेछ । २० केजीदेखि ८० केजी तौल सम्मका महिला तथा पुरुष खेलाडीहरुले खेलमा भाग लिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि तेह्रथुम आठराई गाउँपालिका उपाध्यक्ष बलीराज इङ्नाम, विशिष्ट अतिथि नेपाल चाङ हुन सि.एच.आईटिएफ तेक्वान्दो महासंघ केन्दीय अध्यक्ष कुशल बुढा मगर, कानेपोखरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष खड्ग बहादुर बस्तेत, वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, नेकपा एमाले गाउँकमिटि उपाध्यक्ष कृष्ण थामी, नेपाली कांग्रेश कानेपोखरी गाउँसभापति योगेन्द्र दाहाल, साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष यशोदा लिम्बू लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका वडा नं. ६ का कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, मोरङ खेलकुद विकास समितिका सदस्य कुमार फुयल, रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, माउण्ट हर्मोन चिल्ड्रन एकेडेमीका प्रिन्सिपल होम थापा मगर, जेनिथ इङ्लिस स्कुलका प्रिन्सिपल खिलराज भट्टराई, सर्चलाईट इङ्लिस स्कुलबाट महेन्द्र बोहोरा, कानेपोखरी स्काउटका संयोजक होम न्यौपाने, समजसेवी भूपाल खवास, जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, स्थानीय समाजसेवी प्रकाश धिमाल लगाएत उपस्थित रहेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल चाङ हुन सि.एच.आईटिएफ तेक्वान्दो महासंघ केन्दीय उपाध्यक्ष आस्मा श्रेष्ठ, नितेन कुमार रौनियार र प्रगम थापा मगर साथै सिएच आईटिएफ जिल्ला अध्यक्ष जीवन रसाइली, सन्देश घर्टि मगर, विकेश श्रेष्ठ, सनसिला पटेल, प्रविना पुन, अमित थापा मगर, बोम बहादुर बुढा र प्रशिक्षक सुजन बुढा मगर उपस्थित रहेका थिए ।

त्यस्तै पत्रकार अर्जुन जम्नेली राई, मोहन भट्टराई, इश्वर दुलाल, छवी ढकाल र भूमि प्रसाद पाठक पनि उपस्थित रहेका थिए ।

कोशी प्रदेश सि.एच आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष अशोक फुयलको स्वागत मन्तव्य र कोशी प्रदेश सि.एच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलको सभापतित्वमा सचिव दिनेश सुब्बाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.