१४ असोज, मोरङ । कोशी प्रदेश सिएच आईटिएफ तेक्वाण्दो संघले बडा दशैं, तिहार र छ्ठपर्व लगायतको चाडको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार कानेपोखरी –६ रमाइलो स्थित आफ्नै सभाहलमा कार्यक्रमको आयोजना गरी सहज हुने स्थानबाट (कानेपोखरी, उर्लाबारी) प्रशिक्षार्थी, प्रशिक्षक, पदाधिकारी र अभिभावकहरु एपस्थित भई शुभकामना आदनप्रदान साटासाट गरिएको थियो ।
कार्यक्रममा सिएच आइटिए तोक्वाण्डो संघ कोशी प्रदेशका अध्यक्ष युवराज भुजेल, सचिव दिनेश सुब्बा, सहसचिव राजकुमारी तामाङ, कोषाध्यक्ष अन्जुला श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष विद्यानन्द चौधरी, सचिव अन्य पदाधिकारीहरु, प्रशिक्षक, प्रशिक्षार्थी, अभिभावक र पत्रकारहरुको उपस्थितमा सिएच आइटिएफका पदाधिकारीहरुले खेलाडीहरुलाई टीका लगाई दक्षिणा सहित शुभकामना दिएका थिए ।
कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेल, कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दा संघका सचिव दिनेश सुब्बा, मोरङ सिएच आईटिएफ तेक्वान्दा संघका जिल्ला अध्यक्ष विद्यानन्द चौधरी, शिक्षा प्रेमी तथा पत्रकार सनम रोक्का लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको सम्बोधन गर्दै संघका अध्यक्ष युवराज भुजेलले खेलाडीहरुको व्यवहार, आचरण साथै अनुशासन कायम गर्न खेलकुदले सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरे । उनले भने, ’खेलप्रतिको मोह जगाउँदै दुव्र्यसन र कुलतबाट टाढा रही स्वास्थ्य जीवन जिउँने कार्यमा सिएच आइटिएफले सहयोग गर्दै आएको र नयाँ खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई व्यवसायिक तर्फ उन्मुख गर्न आफू र संस्था सधै तत्पर रहेको बताए ।
उपस्थित अन्य अतिथिहरुले आउँदै गरेको चाडपर्वहरुको शुभकामना दिदैँ यस संस्थाले कानेपोखरीमा एक फरक पहिचान बनाएर स्थानीय तह, प्रदेश स्तरीय र केन्द्रिय तहमा गौरवान्वित नाम दर्ज गरेको र आगामी दिनहरुमा समेत अझ प्रगति गर्दै जाओस् भनेका थिए ।
कार्यक्रकमा करिब ४० प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
तस्विरहरु : विवेक खतिवडा