७ मंसिर, मोरङ । सिएच आईटिफए तेक्वान्दो संघ मोरङले जुनियर बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ ।
कानेपोखरी–६ रमाइलोमा शनिबार भएको गे्रडिङमा १४ जना जुनियर खेलाडीहरुको बेल्ट ग्रेडिङ गरेको हो । ग्रेडिङमा एल्लो बेल्ट ५ जना, स्टेप ग्रिन ४, ग्रिन बेल्ट ३, ब्लु बेल्ट ४ र रेड बेल्ट ३ जनाले नयाँ बेल्ट पाएका छन् ।
यस पटक उर्लाबारी नगरपालिकाको खेलाडीको मात्र गरिएकोले आउदो शनिबार अन्य पालिकाहरुको गरिने मोरङ ब्लाक बेल्ट समितिका अध्यक्ष आशिष भुजेलले बताए ।
कोशी प्रदेश सिएचआईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवाराज भुजेलले बेल्ट ग्रेडिङको नेतृत्व गरेका थिए ।
मोरङ ब्लाक बेल्ट समितिका अध्यक्ष आशिष भुजेलको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा मोरङ सिएचआईटिएफ तेक्वान्दो संघक सचिव दुर्गेश खतिवडा लगाएत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित रहेका थिए ।
बेल्ट ग्रेडिङ कार्यक्रममा मोरङ ब्लाक बेल्ट समितिका उपाध्यक्ष बिन्तिका लिम्बू, सचिब बिशिका धिमाल, कोषाध्यक्ष पुर्णिमा अधिकारि लगायत समिति सदस्यहरु पनि उपस्थित रहेका थिए ।
कोशी प्रदेश सिएचआईटिएफले यस अघि पनि विभिन्न सेमिनार, गोष्टी, प्रतियोगिता गर्दै आएको छ । केही दिनमा रेफ्री टे«निङ पनि गरिने प्रशिक्ष युवराज भुजेलले बताए ।




