२५ मंसिर, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले १६ दिने लैंगिक हिंसा सम्वन्धी अभिमुखीकरण कार्यक्रमको समापन गरिएको छ ।
बुधबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा लंैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रमको समापन गरिएको हो ।
कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राई, स्वास्थ्य शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी आचार्यले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्यालले ‘घरेलु हिंसा’ लगायत लागूऔषधका विषयमा आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । यस्तै नगरका सामाजिक विकास शाखा प्रमुख तारा ढकालले ‘महिलाहरु माथिको साइबर हिंसा’ शीर्षकमा आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य मिना योञ्जन, वडा सदस्यहरु, महिला विकास निरीक्षकद्वय गिता कट्टेल र सृजना भट्टराई, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र वडावासीहरुको उपस्थिति रहेको थियो ।



