३ माघ, कानेपोखरी । रमाइलो जेसीज वर्ष २०२६ को लागि आठौं नयाँ कार्यसमितिले पदभार सम्हालेका छन् । वर्ष २०२६को लागि निर्वार्चित अध्यक्ष खिलराज भट्टराई सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित रमाइलो जनएकता साकोसको सभाहलमा आयोजित एक कार्यक्रमका बीच रमाइलो जेसीज वर्ष २०२५ का युवराज कार्कीले पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि रहेका थिए ।
कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा अर्जुन कोइराला र जमुना तिम्सिना, कानूनी सल्लाहकारमा निश्चल ओझा, महासचिवमा नुतन ज्ञवाली, कोषाध्यक्षमा मनीला घिमिरे, उपाध्यक्षमा प्रकाश रिजाल, महेश कटुवाल, एलिस खड्का र अनिल परियार, त्यस्तै सचिवमा मनोज कार्की, तालिम निर्देशकमा इन्दु कटुवाल, जनसम्पर्क अधिकारीमा सृजना बुढाथोकीका छन् ।
रमाइलो युनियर जेसीज प्रथम पदस्थापना
त्यस्तै कार्यक्रममा जुनियर जेसीज २०२६ को पनि कार्यसमिति चयन गरिएको छ । रमाइलो जुनियर जेसीज अध्यक्षमा हेमचन्द्र अधिकारी, कार्यकारिणी उपाध्यक्षमा उज्ज्वल तिम्सिना र प्रतीक निरौला, कानूनी सल्लाहकारमा अनिस रनपाल, महासचिवमा सृतिका भट्टराई, कोषाध्यक्षमा रोमदिप भट्टराई, उपाध्यक्षमा मञ्जिला श्रेष्ठ, मेन्सुरा लिम्बू, कोशिका दाहाल र जितेन्द्र कोइराला, सचिवमा धर्मेन्द्र कोइराला रहेका छन् ।



