१५ माघ, मोरङ । नवलपुर(नवलपरासी पुर्ब) जिल्ला, त्रिवेनी बजारमा माघ १६ र १७ गते हुने राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो प्रतियोगिताको लागि कोशी प्रदेशबाट ९ जना खेलाडी त्यसतर्फ लागेका छन् ।
बुधबार मोरङको कानेपोखरी गाउँपालिका –६ स्थित रमाइलोमा औपचारीक कार्यक्रम आयोजना गरी विदाई गरिएको छ । कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल, सचिव दिनेश सुब्बा, सदस्य दुर्गानारायण खतिवडा, मोरङ सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरी र सचिव दुर्गाप्रसाद खतिवडा साथै अभिभावकहरुको उपस्थितमा विदाई गरिएको हो ।
कार्यक्रममा आठराई तेह्रथुमका आस्ना चौधरी, मिङमा डिमी सेर्पा र अंकित बोहोरा प्रमाण पत्र र बेल्ट प्रदान गरिएको थियो ।
तेह्रथुमको आठराई, मोरङको उर्लाबारी र मोरङको कानेपोखरीबाट खेलाडीहरु सहित कोशी सिएच आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वमा खेलाडी टोली त्यसतर्फ लागेका छन् ।
रेफ्रि
१. आशिष भुजेल – कानेपोखरी मोरङ
खेलाडी
१. पुर्णिामा अधिकारी – कानेपोखरी मोरङ
१. मनिस कुमार लिम्बू– आठराई तेह्रथुम
३. रोयल राई –उर्लाबारी मोरङ
४. सुर्य चौधरी– उर्लाबारी मोरङ
५. पुजन दङगाल– कानेपोखरी मोरङ
६. आस्ना चौधरी – आठराई तेह्रथुम
७. मिङमा डिमी सेर्पा– आठराई तेह्रथुम
८. अंकित बोहोरा– आठराई तेह्रथुम



