अशोक फुयल
साउन २२ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गए पछि त्यसको रोकथाम र नियन्त्रण गर्नको लागि मोरङको कानेपोखरी गाउँपालिकाले विहिबार राती १२ बजेदेखि साउन २९ गते राती १२ बजे सम्म लकडाउनको आव्हान गरेको छ ।
बुधबार गाउँ कार्यपालिकाको बैढकले लकडाउन बारे निर्णय गरेको हो । बैठकले वडा नं. १, २, ३, ५ र ७ को सिमानाको नाका पनि सिल गर्ने निर्णय गरेको छ । यस लकडाउन अवधिमा संघसंस्थामा सेनिटाइजर, मास्क, साबुन पानी अनिवार्य राख्नु पर्ने बताइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड मास्क, सामाजिक दुरी भिडभाड गरी नियम उल्ङघन गर्नेलाई रु १ सय जरिवाना लाग्ने निर्णय गरेको छ ।
लकडाउन प्रभावकारी बनाउन कानेपोखरी प्रहरी चौकी, रमाइलो प्रहरी चौकी, सशस्त्र प्रहरी बल र म्यादी नगर प्रहरीले जिम्मेवारी पाएका छन् । पालिकाले साप्ताहिक हाटबजार, विद्यालयबाट संचालित टयुसन, कोचिङ, बाहिरबाट आउने सागसब्जी, फलफुल, सार्वजानिक यातायात बन्द रहने छ । त्यसैगरी वडापालिका र गाउँपालिकाका अति आवश्यक सेवा वाहेकका कार्यहरु पनि बन्द रहने गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए ।दैनिक ११ बजे देखि ३ बजे सम्म खुल्ला रहने यसप्रकार छ :
स्थानीय स्तरमा उत्पादित साग सब्जी, खाद्य मल, भेटनगरी र औषधी पसलहरु, दुधजन्य पदार्थ, खाद्य सामाग्री र फलफुल पसलहरु, बैंक वितिय संस्था, सहकारी संस्थाहरु, सडक मर्मत विपत व्यवस्थापन कार्य, निर्माण समाग्री पसल र धुवानी गाडीहरु भने संचालन हुने छ ।