करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवाको ज्यान गयो

असोज २५ गते, कानेपोखरी । विद्युतको तार जोडी करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवा ज्यान गएको छ । मोरङको कानेपोखरी–४, स्थित त्रिवेणी चोकका ३१ बर्षिय सुजन माझीको शनिबार राती ११ बजे ज्यान गएको हो ।

त्रिवेणी चोकको घरछेउमा रहेको कडिया खोला(पैनी)मा माछा मर्ने क्रममा पानी भित्रै करेन्ट लागे पछि गम्भिर घाइते भएको माझीलाई उपचारको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा घोपामा उपचारको क्रममा मृत्यु भएको रमाइलो प्रहरी चौकीको असई लाक्पा शेर्पाले बताए ।

लगभग १० बजे राती माछा मार्न तीनजना गएका थिए । उनीहरुले कडिया खोला(पैनी)को छेउमा घर भएको बुदे माझी घरबाट विद्युतको तार जोडेका थिए । तार जोडेकै घर पछाडी लगभग २० फुट पश्चिम खोलामै करेन्ट लागेको थियो । पैनीको १ फुट पानीको गहिराईमा करेन्ट लागे पछि करेन्ट लाग्ने व्यक्ति जोडले कराए थिए । सुती रहेको बुदे माझीको घरको परिवार सदस्यले जोडले कराएको सुने पछि उनिहरु घटना स्थलमा पुगेका थिए ।

उनिहरु घटना स्लमा पुग्दा एकलै थिए । गुहार गरेपछि छिमेकीहरुले पानीबाट बाहिर निकाली उपचारको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा घोपा पठाएका थिए । घटना स्थलबाट प्रहरीले करेन्ट छकी छैन भनेर चेक गर्ने टेष्टर र त्यसको ५० फुट पूर्व धानबारीमा माछा उघाउने जाल सहित तार फेला पारेको थियो ।

तार धेरै ठाउँमा गाँसेको थियो । घटना स्थल देखि ५० फुट उत्तर खोला(पैनी)मै माछा लगाउने बटा थियो । त्यो बटामा लगभग आधा केजी माछा प्रहरीले फेला पारेको थियो । घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका डिएपी दिलिप कुमार गिरीले बताए ।

करेन्ट लगाएर माछा मार्न सँगै जाने दुईजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । त्रिवेणी चोकका २९ बर्षिय विनोद माझी र ३४ बर्षिय सुदिप धिमाललाई नियन्त्रणमा लिएको रमाइलो प्रहरी चौकीका असई लाक्पा शेर्पाले बताए । माछा मार्ने कार्यक्रममा उनिहरुले बोलाएर एकै छिन गएको र टाउँको दुखेर छिट्टै घर गएकोले घटना बारेमा त्यती थाहा नभएको सुदिप घिमालले बताए ।

 

सम्बन्धित खवर