आइतवार, चैत्र २२, २०८२

सम्झाना कामीलाई न्याय दे भन्दै कानेपोखरीमा पनि महिला हिंसाविरुद्ध कार्यक्रम

असोज ३० गते, कानेपोखरी । ‘ए समाज ए राज्य लगाउँदैछौं नारा हामीले, अति भो अब त पाउनै पर्छ सजाय बलात्कारीले’ नारा सहित मोरङको कानेपोखरी गाउँपालिकामा महिला हिंसाविरुद्ध विरोध कार्यक्रम भएको छ ।

विहिबार बयरबन युवा जमातको आयोजनामा भएको कार्यक्रममा पालिका भित्रको युवायुवतीहरुले कालो पोसकमा महिला हिंसा अन्य गर, सम्झाना कामीलाई न्याय दे, पितृसतात्मक राज्य व्यवस्था मुर्दाबाद जस्ता नारा लेखिएको प्ले कार्ड सहित र्याली गर्दै महिला हिंसाविरुद्धमा विरोध गरेका थिए ।बयरवन बजारबाट सुरु गरिएको र्याली भौसावारी चोक हुदै रमाइलो चोक हुँर्दै गाउँपालिकाको प्रागणमा कोणसभा गरी कार्यक्रम समापन गरेका थिए ।

कोण सभामा युवा नेता मिलन अधिकारीले बलात्कराीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी कानुनको कठघरामा उभ्याउन नेपाल सरकारको गृहमन्त्रालय सम्म पुर्याई दिन कानोपोखरी गाउँपालिकालाई आग्रह गरेका थिए । उनले अहिले सम्पूर्ण राजनितिक दलहरु किन चुपलागेर बसेका छन् भन्दै सवैले यो विषयमा बोल्नु पर्ने बताएका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.