दुई पालिकामा डीएसपी गिरीलाई सम्मान सहित विदाई

माघ २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई सम्मान सहित विदाई गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरुले नगरको पहिचान झल्किने मायाको चिनो सहितले सम्मान गर्दै विदाई गरेको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले नगरपालिकासँग समन्वय गरी नगरको शान्ति सुरक्षामा डीएसपी गिरीले छिटो छरितो रुपमा कार्य सम्पादन गरेको जनाउँदै गिरीको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा नगर प्रवक्ता यामप्रसाद गुरागाईं, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन र ६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङले पनि वधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा डीएसपी गिरीले आफु ०७६ मंसिर २७ गते इप्रका पथरीमा आएर नगरपालिकाको समन्वयमा काम गर्न सहज वातावरण बनेको बताए ।

त्यसैगरी गत पुस २९ गते बुधबार कानेपोखरी गाउँपालिकाले प्रशंसा पत्रले सम्मान गर्दै विदाई गरेको थियो । एन, कानुन र नियमसंगत ढङ्गले सहयोग पुर्याउनु भई शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा पत्रले सम्मान गरेका थिए ।

पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, ७ नम्बर वडाध्यक्ष मोहन प्रसाद अधिकारी र नेकपा कानेपोखरी गाउँ कमिटि अध्यक्ष भोला अधिकारीले विदाई गरेका थिए ।

सम्बन्धित खवर