किरातहरुको नयाँ बर्ष यलेदोङमा विभिन्न खेलकुद कार्यक्रम

माघ ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित किरात राई यायोक्खाले विभिन्न खेलकुद कार्यक्रम तथा शुभकामना आदनप्रदान गरि नयाँ बर्ष यलेदोङ ५०८१ मनाएको छ ।

राजा यलम्बरको सम्झनामा सुरु भएको यले सम्बत माघ १ गतेलाई नयाँ बर्ष मान्दै आएको छ । यो मितिलाई संघीय सरकारले किरात संवतको रुपमा सूचिकृत गरेको छ । यले नयाँ बर्षको अवसरमा पथरीको साकेला थानमा बिहिबार छेलो हान्ने, हण्डीफोर र छिटो खाने खेलको आयोजना गरि किराती समुदायले मान्दै आएको यलेदोङ नयाँ बर्ष मनाएका हुन ।

खेलकुदको छेलो हान्नेमा सुचिन्द्र राई, हण्डीफोर्मा बिकेश राई र छिटो खाने खेलमा श्रन्दा राई प्रथम भएका हुन । प्रथम हुने खेलाडिहरुलाई कार्यक्रमको प्रमुख अतिथी नगरको उपप्रमुख यमुना बिष्टको हातबाट प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख यमुना बिष्ट बस्तोला, संविधान सभा सदस्य चण्डीप्रसाद राई, यायोक्खा केन्द्रीय सचिब, प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष नरहाङ राई, काग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्का, नेकपा नगर संयोजक मोहन तुम्बापो लिम्बू, नगर पालिका २ नम्बर वडा अध्यक्ष यमप्रसाद गुरागाई लगायतले शुभकामना प्रदान गरेका थिए ।

शुभकामना दिने क्रममा उपप्रमुख यमुना बिष्टले सम्पूर्ण समुदायको संरक्षण र बिकासको लागि नगर लाग्ने बताए । यायोक्खा सम्बद्ध बक्ताहरुले १ नम्बर प्रदेशको नाम किरात राख्न निरन्तर पहल भइरहेको बताएका थिए । चोमोलुङमा (सगरमाथा)को नाम राधाराम सिकन्दर राख्नुपर्छ भन्ने भारतीय पत्रकार सुधीर चौधरीको अभिव्यक्ति प्रती कडा बिरोध गरेका थिए । यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रम नगर सचिब निर्मला राईले सन्चालन गरेका थिए ।

 

सम्बन्धित खवर