झोलुङ्गे पुलले दुई पालिकाको सम्बन्ध अझ घनिष्ठ हुने–मेयर राई

माघ ४ गते, कानेपोखरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले दुई पालिका जोड्ने यो झोलुङ्गे पुलले पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाबासीको मित्रता अझ घनिष्ठ हुने बताएका छन् ।

कानेपोखरी–६ र पथरीशनिश्चरे –९ जोड्ने डाँसखोलामा झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा बोल्दै मेयर राईले सो कुरा बताएका हुन । हिजो देखी न्यानो सम्बन्ध भएपनि सिमानामा डाँस खोलाको कारणले गर्दा भौतिक रुपमा चुरुन्त भेटघाट गर्ने असहजता थियो । तर त्यो अव सहज हुने भएको बताएका छन् ।

उनले हिजो दिनमा कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाले संयुक्तरुपमा डाँसखोलाको तटबन्धनको योजना पहल गरेको राष्ट्रिय योजनामा परेको बताए । डाँसखोलाको तटबन्धन यस बर्ष देखि नै काम सुरु हुने बताउँर्दै खोला तटबन्धनको लागि थप योजना संघिय सरकारसँग संयुक्तरुपमा मागको पहल गर्ने बताए ।त्यसैगरी उपप्रमुख यामुना विष्ट बास्तोलाले दुई पालिकामा विकासको गति अत्याधिक भएको बताइन् । पुल, कल्भर्ट, सडक, खानेपानी, विजुली, स्वास्थ्य, शिक्षा, कृषि लयाएत क्षेत्रमा विकास तिव्ररुपमा भएको र विकास भनेको क्रमश हुने बताईन् ।

उनले दुई पालिकामा देखिएको सुकुम्बासी समास्याको समाधान यो बर्षमा नै गरिसक्ने बताएका छन् । उपप्रमुख विष्टले ४० बर्ष अघि देखिको यो समस्या बताउँर्दै जस्ले जोतभोग गरेको छ त्यसैलाई नै जग्गाको धनी बनाउँन लागेको बताइन् ।

पुल १८४ मिटरको लम्बाईमा बन्न लागेको छ । २०७८ सालको मागमा सम्पन्न गर्ने गरी अनसुभी कन्ट्रक्सनले १ करोड ३६ लाखमा ठेक्का लिएको छ । पुल निर्माणका लागि बलबहादुर राईले जग्गा दिएका छन् । पुल बनेपछि रमाइलो, विहिबारे हुदै पथरीशनिश्चरे निस्कने छोटो बाटोको रुपमा स्थानीयले प्रयोग गर्नेछन । डाँस खोलामा त्यसदेखी दक्षिण दुईवटा पक्की पुल निर्माणधिन अवस्थामा छ भने दुई वटा झोलुङ्गे पुल बनिसकेको छ ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, नेकपा कानेपोखरी गाउँ कमिटि अध्यक्ष भोला अधिकारी, दानबहादुर बस्नेत लगायत अतिथि रहेका थिए । शिलान्यास कार्यक्रमका सभाअध्यक्ष वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत रहेका थिए भने कार्यक्रम संचालन वडा सदस्य त्रिभूनाथ नेपालले गरेका थिए ।

सम्बन्धित खवर