माघ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपको खेलमा योङ ब्रदर्स सिरिजङ्गा फुटबल क्लबले शानदार जित हात पारेको छ ।
आयोजक वाईएफसी (बि) लाई ७–० गोल अन्तरले योङ ब्रदर्स सिरिजङ्गा फुटबल क्लबले शानदार जित हात पारेको हो । खेल अवधि भर सिरिजङ्गाका फरवाड सन्तोष न्यौपानेको व्यक्तिगत ५ गोल गरेका थिए । खेलको १८ औँ मिनेटबाट गोलको खाता खोलेका सन्तोषले ३३ औँ, ४९ औँ,६५ औँ र ६९ औँ मिनेटमा गोल गर्दै टिमलाई बलियो बनाएका थिए ।
टिमका लागि दोश्रो गोल भने सिरिजङ्गाका दिल कुमार याक्सोले खेलको २१ औँ मिनेटमा गरेका थिए । सिरिजङ्गाका लागि पाचौँ गोल भने सनम धिमालले गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता टोलिका सन्तोष न्यौपाने घोषित हुँदै २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरेका थिए । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन् ।