अन्तराष्ट्रिय शरणार्थी च्यालेन्ज कप आयोजकको पोल्टामा

माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा सम्पन्न भएको ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी फुटबल च्यालेन्ज कपको उपाधि आयोजक युथ फेडेरसन क्लब(वाइएफसी)ले हात पारेको छ ।

बिहिबार भएको फाइनल खेलमा योङ ब्रदर्श सिरिजंगालाई २–० गोल अन्तरले परजित गर्दै आयोजक युथ फेडेरसन क्लब(वाइएफसी)ले उपाधी हात पारेको हो । वाइएफसीका तर्फबाट खेलको २२ औँ मिनेटमा बिक्रम लिम्बुले फ्रिकिक मार्फत गोल गरेका थिए । त्यसैगरी खेलको ६६ औँ मिनेटमा निसान लिम्बुले १ गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । खेलको म्यान अफ दि म्याच वाइएफसीका बिक्रम लिम्बु घोषित हुँर्दै २ हजार ५ सय पाएका थिए ।

बिजेता वाइएफसीले नगद १ लाख १ हजार, ट्रफी, मेडल, प्रमाण–पत्र र उपबिजेता सिरिजंगाले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र पाएका थिए ।

खेलमा उत्कृष्ट गोलरक्षक वाइएफसीका छिरिङ तामाङ, उदयीमान खेलाडी निरज परियार, वेस्ट फर्वड उमेश राई, वेस्ट डिफेन्स पदम भट्टराई, वेस्ट प्लेयर अफ दि टुर्नामेन्ट नविन गुरुङ, वेस्ट कोच युवराज साङपाङ राई, वेस्ट मिडफिल्डर सिरिजंगाका राजकुमार कन्दङ्वा र सर्वाधिक गोल कर्ता सिरिजंगाका सन्तोष न्यौपाने घोषित हँुदै जनही ५ हजार, ट्रफी र मेडलले सम्मान गरेका थिए ।

 

सम्बन्धित खवर