शरणार्थी शिविरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुर्दै

फागुन १८ गते, पथरी । मोरङ पथरीशनिश्चरे–१० स्थित शरणार्थी शिविरको आयोजनामा प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

भुटानी शिविर खेलकुद समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर स्तरीय फुटबल प्रतियोगिता बारे जानकारी गराएका थिए । आफ्नै क्षेत्रको खेलाडी उत्पादन होस भनेर शिविर भित्र बसोबास गर्ने व्यक्तिहरु र शिविर बाहिर बसोबास गर्ने व्यक्तिहरुको सम्बन्ध राम्रो बनाउन खेलको आयोजना गरेको आयोजकले बताए । खेल आगामी चैत ७ गते देखी सुरु हुने भएको छ । उद्घाटन कार्यक्रम नगर प्रमुख दिलिप कुमार राईको प्रमुख अतिथिमा हुने भएको छ ।

यस खेलमा विजेता टिमले ७५ हजार र उपविजेता टिमले ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगरका १४ वटा टिम सहभागी हुने भएको छ । प्रतियोगितामा पथरिशनिश्चरे नगरका १० वटै वडा र झापाको बेलडाँगी शिविरको बिवाईसि फुटबल क्लब र फ्रेन्स फुटबल क्लब, त्यसैगरी पथरीशनिश्चरे शिविरको सिवाईसि ए र बी टिम गरी जम्मा १४ वटा टिमले सहभागिता जनाउने खेलकुद समितिका संयोजक अर्जुन राईले बताए ।

खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर र वेस्ट गोलकर्तालाई पनि ३ हजारको दरले पुरस्कृत गर्ने जनाएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच १५ सय प्रदान गरिने भएको छ ।

कार्यक्रममा क्याम्प सचिव चम्फासिंह राई र वडा नं. १० का कार्यवाहक वडाध्यक्ष मैनादेवी फुयाल लगाएत उपस्थित रहेका थिए ।

 

 

सम्बन्धित खवर