भुटानी शरणार्थी शिविरमा भोलीदेखि नगर स्तरी फुटबल हुने

चैत ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा भोली ९शनिबार० देखि नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नगरपालिकाको १० वटा वडाबाट एक–एक गरी १० टिम, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी जम्मा १४ टिम सहभागी हुने आयोजक कुमार कृष्ण राईले बताए ।

भुटानी शरणार्थी र स्थानीय वीचको मैत्री सम्बन्धलाई अझ घनिष्ट बनाउने, स्थानीय खेलाडीहरुको बिकास गर्ने उदेश्यले फुटबल खेलको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको ‘ए’ पोलमा वडा नम्बर १, ३, ४, ६, ९, बेलडागी ‘बी’ र आयोजक सीवाईसी भुटानी शरणार्थी शिविर शनिश्चरे रहेका छन् । ‘बी’ पोलमा वडा नम्बर २, ५, ७, ८, १० र भुटानी शरणार्थी शिविर शनिश्चरेका आयोजक ‘बी’ र बीवाईसी बेलडाँगी शिविर प्रतिष्प्रर्धा गर्ने भएका छन् ।

भोली पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ र बेलडाँगी शिविर ‘बी’ टिमवीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

चैत्र २० सम्म हुने खेलमा बिजेता टिमलाई ७५ र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक रबिन राईले बताए । खेलमा वडाबाट खेल्ने खेलाडि वडा बाहिर र शिविरबाट खेल्ने खेलाडि शिविर बाहिरको हुन नहुने आयोजन समितिले जनाएको छ ।

सम्बन्धित खवर