क्यान्सर पीडित मानबहादुरलाई मलेसियाबाट आर्थिक सहयोग

बैशाख २ गते, रमाइलो । मोरङको कानेपोखरी–६ स्थित प्रणामि डाँडाका क्यान्सर पीडित मानबहादुर तामाङको उपचारको लागि उजज्वल भविश्य बाल समूहले आर्थिक सहयोग जुटाई रकम हस्तान्तरण गरेको छ ।

६० वर्षीया तामाङलाई थप उपचारको लागि विहिबार एक कार्यक्रमको आयोजना गरी १ लाख ४६ हजार २ सय ५२ रुपैया रकम हस्तान्तरण गरेको हो । कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र समूहकी अध्यक्ष स्मिता राईले संयुक्तरुमा सो बराबरको हस्तान्तरण गरेका थिए ।

सिराह, मोरङ, झापा, मकुवानपुर, सिन्धुपाल्चोक, उदयपुर रौटहट, गुल्म, दाङ, घोराही, जाजरकोट, म्याग्दी, रुकुम, चितवन, काभ्रे, सरर्लाही, धनुषा, गुल्मी, संखुवासभा, बारा, भोजपुर, तेह्रथुम, काठमाडौं, सप्तरी, बुटवल, ओखलढुङ्गा र लम्जुङ लगाएत नेपालको विभिन्न जिल्लाबाट बैदेशिक रोजगारको लागि मलेसिया रकेका नेपालीहरुबाट कानेपोखरी ६ निवासी हाल मलेसिया रहेका धर्मसिंह श्रेष्ठले १ लाख ४३ हजार ७ सय ८२ रुपैया संकलन गरी उजज्वल भविश्य बाल समूहलाई रकम पठाएका थिए । अन्य रकम स्थानीयहरुबाट संकलन गरिएको मिलन कुमार विश्वकर्माले बताए ।

समूहको फेसबुक पेज तथा सामाजिक सञ्जाल मार्फत क्यान्सर पीडित तामाङको भिडियो र फोटो लगाई प्रचारप्रसार गरेपछि उपचारको लागि सहयोग जुटेको थियो । ७ महिना अघि जीव्रोमा घाउ भएपछि उपचारका लागि विराटनगरको अस्पतालमा चेकजाँच गर्ने क्रममा मानबहादुरको घाँटीमा क्यान्सर भएको उपचारमा संलग्न चिकित्सकले थाहा दिएको तामाङ परिवारले बताए ।

कार्यक्रममा वडाध्यक्ष खड्ग बस्नेत र प्रमुख अतिथि ताराबहादुर काफ्लले मन्तव्य राखेका थिए । कार्यक्रम मिलनकुमर विश्वकर्माले सञ्चालन गरेका थिए भने समूहका संरक्षक एविन पाठक, खेमराज श्रेष्ठ पनि उपस्थित भएका थिए । समूहले यस अघि पनि मृगौला पीडितहरु तथा अन्य रोगिहरुलाई सहयोग जुटाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर