बिहिबार, माघ २२, २०८२

कानेपोखरीको बजेट ७७ करोड, ‘सिसि क्यामेरा, फ्रि वाइफाई देखी खुल्ला व्ययाम शाला निर्माण सम्म’

 

तस्विर : गाउँपाकिलाको कार्यालय

उत्तम बान्तावा
असार १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ९ औंंं गाउँसभाले आर्थिक बर्ष २०७८÷०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा नं. ६ को रमाइलो साकोसको सभाहलमा भएको सभामा गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नामले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजानीक गरेकी हुन ।

यस आर्थिक बर्षको लागि उपाध्यक्ष इङ्नामले ७६ करोड ९६ लाख ३० हजार ३ सइ ४१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । संघीय वित्तीय समानीकरण ५६ लाख, संघीय सशर्त अनुदान, संघीय राजश्व बाँडफाँट, संघीय समपूरक अनुदान, प्रदेश वित्तीय समानीकरण, प्रदेश सशर्त अनुदान, प्रदेश सवारी बाँडफँड, प्रशेश समपूरक, प्रदेश विशेष अनुदान, जिल्ला समन्वय समिति अनुदान, आन्तरिक आम्दानी र सामाजिक सुरक्षा भत्ता लगाएक शिर्षकबाट सो बराबरको रकम सार्वजनिक गरेको हो ।

कृषी, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, उर्जा, पर्यटन, ब्यापार र पुर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजनीक गरिएको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए । यस पटक जनता आवास कार्यक्रम एकीकृत नमूना बस्ती निर्माण, तरकारी बजार, मुख्यमन्त्री ग्रामिण सडक, कालोपत्रे, सिंचाई, चिसाङ र डाँस खोला तटबन्धन, नयाँ तथा अधुरो भवन निर्माण, कल्भर्ट, पुल निर्माण, खेलकुद, कालिकोशी र भलुवा सिमसार लगाएतको काम प्राथमिकतामा रहेको छ ।

यस पटक वडा वडामा इन्टरनेटको फाइवर विस्तार गरी फ्री वाइफाई जडान र खुल्ला व्ययामशाला निर्माण, उत्कृष्ट किसान, पशुपालक, मत्स्यपालक, मौरीपालक शिक्षक र विद्यार्थीलाई पुरस्कार तथा सम्मानको व्यवस्था गरेको छ । सामुदायिक विद्यार्थीले हप्तामा दुई पटक लगाउने गरी ट्रयाकसुटको व्यवस्था गरेको छ । त्यसैगरी वडा नंं ६को रमाइलो बजार, वडा नं. ४ को वयरवन बजार, वडा नं. २ को दलेली बजारमा पहिले पटक सिसि क्यामेरा जडान गर्ने कार्यक्रम रहेको छ ।

कानेपोखरी चोकमा स्वागतद्धार निर्माण र पालिका क्षेत्रको कृर्षकहरुको समस्या हल गर्न अन्न भण्डारणका लागि भण्डारण गृह निर्माण यसै बर्ष गरिने गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । त्यसैगरी गाउँपालिकाले जनता आवास कार्यक्रम प्रतिघर न्यूनतम १ लाख ५० उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले जनसंख्याको आधारमा वडागत सिलिङ बजेट ७ वटै वडालाई छुट्याएका थिए । वडा नंं. १ लाई ५८ लाख, वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६० लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ७५ लाख, वडा नं. ६ लाई ७० लाख र वडा नं. ७ लाई ५५ लाख वडास्तरीय वजे छुट्याएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.