असार १७ गते, कानेपोखरी । नेपाल आदिबासी जनजाति महासंघ, समन्वय परिषद कानेपोखरीको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिकामा मंगलबारदेखि पाँच दिने उद्घोषण कला र आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
गाउँपालिकाको सहयोग र यतीवास सामुदायिक विकास संस्थाको समन्वयमा भएको तालिम असार १५गते देखी १९ गते सम्म चल्ने छ । उद्घोषण कला तालिमलाई सञ्जु राईले र आधारभूत पत्रकारीता तालिम अर्जुन जम्नेली राई र उत्तम बान्तवा राईले सहजिकरण गर्दै छ ।
गाउँपालिका क्षेत्र भित्र महासंघमा आवद्ध १६ वटा जातीबाट सहभागी भएका छन् । प्रत्येक जातीबाट ४ जनाको दरले दुवै तालिममा ६४ जनाले सहभागी जनाएको नेपाल आदिबासी जनजाति महासंघ, समन्वय परिषद कानेपोखरीको अध्यक्ष भोजविर माझीले बताए ।