बुधबार, कार्तिक २६, २०८२

पथरीशनिश्चरे ४ नं. वडा कार्यालय उद्घाटन, वडाद्धारा पूर्ब जनप्रतिनिधि र कर्मचारीलाई सम्मान

असार २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयले आफ्ने वडाको भवन उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यामुना विष्ट बास्तोलाले संयुक्तरुप भवन उद्घाटन गरेका थिए ।सोही अवसरमा वडाले साविक शनिश्चरे गाविसका पूर्ब जनप्रतिनिधि र वडा कर्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बाल शिक्षकमा कार्यरत भागिरथ माविका सुनिता कार्की, ममिता सुब्बा, नर्वदादेवी निरौला, सरस्वती स्कुलका योगमाया ढुङ्गाना, हिमादेवी निरौला, मिना कुमारी राई, सिद्धार्थ स्कुलका सुनिता मादेन, जलकल्याण स्कुलका कुस कुमारी लामिछाने, भक्ती रेग्मीलाई नगरद सहित कदर पत्रले पुरस्कृत गरिएको छ ।

त्यसैगरी वडाका कर्मचारीहरु तारानिधि सापकोटा, देव कृष्ण यादव, खिना ठकुरी, मिना योञ्जन, सर्मिला धिमाल र गिता चापागाई कदर पत्रले सम्मान गरेका छन् । उत्कृष्ट कर्मचारीको रुपमा खिना ठकुरीलाई सम्मान गरेको हो ।
त्यसैगरी वडाले साबिक शनिश्चरे गाबिसका पूर्ब प्रधान पंञ्च जहरमान लिम्बू, जितबहादुर गिरी, पूर्ब गाबिस अध्यक्ष मोहन न्यौपानेलाई सम्मन पत्र र खादा ओढाएर सम्मान गरेको थियो ।

त्यसैगरी तत्कालीन वडा अध्यक्षहरु गजेन्द्र बस्नेत, पोषण पोखरेल, मानबहादुर बिक, घमण्ड ठकुरी, हर्कबहादुर लिम्बूलाई वडाले सम्मान गरेको छ । तत्कालीन शनिश्चरे गाविस र वर्तमान वडाहरुको बिकास गर्न पूर्ब जनप्रतिनिधिहरुको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको वर्तमान वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले बताए ।

वडा नम्बर ४ का वडाध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख दिलिपकुमार राई प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विशेष अतिथिमा उपप्रमुख यमुना विष्ट बास्तोला र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद साप्कोटा रहेका थिए । त्यसैगरी अतिथिहरुमा वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहाल, ९ का भानुभक्त राई, नगर कार्यपालिका सदस्य भद्रमान बिक लगाएत रहेका थिए ।

साविक शनिश्चरे गाबिसको अधुरो भवनलाई नगर र वडाबाट करिव २० लाखको लागतमा मर्मत गरेर उद्घाटन गरिएको वडा अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए । उपस्थिति अतिथि र सहभागिहरुलाई वडा सदस्य अमर बराइलीले स्वागत गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.