असार २७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ४ वटा वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरेको छ ।
आइतबार वडा नं. ३, ४, ६ र ७ नम्बर वडाले आआफ्नो वडामा एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरेको हो । ४ वटै वडाकार्यालय भवनको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रिवन काटेर उद्घाटन गरेका थिए । भवन उद्घाटन कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अघिकृत गायत्र श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेत ४ वटै वडामा उपस्थित रहेका थिए ।
साउन १ गतेबाट नयाँ भवनबाट जनताहरुलाई सेवा प्रवाह गर्ने वडाध्यक्षहरुले बताए । कार्यक्रममा वडाका राजनितिक दलका प्रतिनिधिहरुले पनि शुभकामना दिएका थिए ।
सुरुदेखी नै वडा नं. १, २ र ६ साविक होक्लाबारी, केरौन र वयरवन गाविसको भवनमा कार्य सम्पादन गर्दै आएका थिए भने अरु ५, ३ र ७ नं. वडा कार्यालयहरु भाडामा रहेका थिए । वडा नं. ४ का कार्यालय बयरवन महिला बचतको भवनबाट सेवा दिदै आएको छ ।
वडा नं. ६ को कार्यालय गाउँपालिकासँगै रहेकोले कार्य सम्पादन असहज भएपछि गाउँपालिकाले छुट्टै वडा कार्यालयको भवन निर्माण गरेको हो । उता वडा नं. ५ का पनि घरभाडामा रहेको छ । जग्गा खोजी यस पटक वडा नं. ५ को पनि भवन निर्माण कार्य सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ ।
जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपाकिलाको ४० प्रतिशत रकममा वडा नं. ३, ४ र ६ वडा कार्यालय निर्माण भएको छ । वडा नं. ६ को दुई तले भवन ८६ लाखमा निर्माण सम्पन्न भएको छ भने वडा नं. ३ र ४ को ५० लाखमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले जनाएको छ ।
त्यसैगरी वडा नं. ७ को वडा कार्यालयको भवन प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको ५० लाखको ३० प्रतिशत गरी जम्मा ६३ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको छ । भवनमा ५१ लाख लागेको छ भने भवनको वरीपरी पर्खाल र गिटी माटो पुर्ने काम सहीत सो बराबरको रकम लागेको हो । त्यसैगरी वडा नं. ३ को भवनमा पनि ५ लाख बराबरको माटो पुरेर गिटी लगाउने काम भएको छ ।
२०७६÷०७७ मा सुरु भएर २०७७÷०७८ मा सम्पन्न हुने गरी काम सुरु भएको थियो । त्यसैगरी वडा नं. ७ को भवन २०७७÷०७८ मा सम्पन्न हुने गरी काम सुरु गरेको थियो ।