नगर स्तरी फुटबल खेलमा वडा नं. २ दोस्रो चरणमा प्रवेश

चैत ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा वडा नं. २ दोस्रो चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा ५ नम्बर वडालाई ०–२ को गोल अन्तरले पराजित गर्दै वडा नं. १ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । वडा नम्बर २ का लागि पहिलो र दोस्रो हापमा दुबै गोल कबि राईले गरेका थिए ।

खेलको म्यान आफ द म्याच गोल गर्ने वडा नम्बर २ का खेलाडि कबि राई घोषित भए । सोमबारको खेल वडा नं. ४ र ९ बिच प्रतिष्पर्धा हुने खेला आयोजक समितिका संयोजक रबिन राईले बताए ।

सम्बन्धित खवर