पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुर्दै

कात्र्तिक १ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१०, स्थित १०, स्थित रंगशालामामा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ ।

थ्री रिभर्स एफसी अमेरीकाको आयोजनामा कार्तिक १० गतेदेखि भुटानी शरणार्थी शिविरमै जोडीएको रंगशालामा फुटबल प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी आयोजक समितिले जनाएको छ । प्रतियोगितामा झापाको शिवशताक्षी नगर फुुटबल क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब इटहरी, मोरङको पथरीशनिश्चरे फुटबल टिम, लेटाङ, बिराटनगर ढाट फुटबल टिम, भाउन्ने फुटबल टिम, बेलबारी फुटबल क्लब र भुटानी ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने भएको हो । प्रतियोगितामा नेपालको ए डिभिजनमा खेल्ने खेलाडिहरु आउने आयोजक बिक्की राईले बताए ।

प्रतियोगिताको प्रथम र दास्रो हुने फुटबल टिमलले क्रमस एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिको संयोजक कगेण थक्लुङ लिम्बूले बताए । त्यसैगरी दैनिक रुपमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, मिड फिल्डर, फर्वाड, हाइ स्कोररलाई क्रमस पाँच हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद १० हजार र ट्रफी प्रदान गरिने आयोजक सदस्य सुमन कुरुङ्वाङले बताए ।

पत्रकार सम्मेलनमा पथरी घर भएका ‘ए’ डिभिजनका फुटबल क्लव मनाङ्गका स्टाइकर दीपक राई, स्थानीय समाजसेबी रोहन हाङबाङ्ग लिम्बू, आयोजक थ्री रिभर्सका अर्जुन बिष्ट, सुदेश तिवारी, राम बानिया लगायतको उपस्थिति रहेको थियो ।

के हो पिट्सबर्ग ?
आयोजक थ्री रिभर्स फुटबल क्लब भुटान र नेपालबाट अमेरिका पुगेका नेपालीहरुले स्थापित गरेको क्लब हो । पिट्सबर्ग अमेरिकाको एउटा क्षेत्र हो । थ्री रिभर्सले अमेरिकामा पनि नेपालीहरु बीच यसैगरी फुटबल प्रतियोगिता गरेको अर्जुन बिष्टले बताए । नेपालमा नेपाली र भुटानी शरणार्थीवीच सम्बन्ध सुमधुर होस र फुटबल खेलको बिकास गर्ने उदेश्यले बार्षिक रुपमा प्रतियोगिता गराउने योजनामा रहेको बिष्टले बताए ।

खेलको सम्पूर्ण खर्च मेघ सुबेदीको नेतृत्वमा रहेको सेजल एण्ड सिस्टर र थ्री रिभर्सका सुदेश तिवारी, कमल सुब्बा, किरण थापा र अर्जुन बिष्टले गर्ने पत्रकार सम्मेलनमा उपस्थित रहेका बिष्टले बताए । नेपालमा खेलको संयोजन गणेश थक्लुङ लिम्बू, सुमन कुरुम्बाङ लगायतले गर्ने भएका छन् । यो प्रतियोगिताको लागि सात लाख खर्च आउने अनुमान गरिएको खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताए ।

सम्बन्धित खवर