दुवै मृगौला पीडित फुलमायालाई विदेशबाट सहयोग जुटदै (भिडियो सहित)

भदौ २७ गते, बरगाछी । दुवै मृगौला पीडित मोरङको कानेपोखरी–६ की ४५ बर्षीय फुलमाया तामाङलाई थप उपचारको लागि विदेशबाट सहयोग जुटेको छ ।

थप उपचारको लागि फुलमायालाई शनिबार विहान वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले सहयोग हस्तान्तरण गरेका छन् । बहराईनबाट १९ हजार र दुबईबाट १४ हजार १ सय ८ गरी जम्मा ३३ हजार १ सय ८ रुपैया रकम हस्तान्तरण गरेको हो । पूर्वेली समाजको फेसबुक फेजबाट दुवै मृगौला पीडित फुलमायालाई सहयोगको अपिल गरेपछि बहराइन र दुबईमा रहेका नेपालीहरुले रकम संकलन गरी पूर्वेली समाजलाई पठाएका थिए ।

कार्यक्रममा पूर्वेली समाजका सदस्य रोषन तिम्सिनाले औपचारीक कार्यक्रम गरी फुलमायाको बारेमा र पूर्वेली समाजबाट संकलन गरिएको रकमको बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा स्थानीय नेता भोला अधिकारी, स्थानीय खगेन्द्र तिम्सिना र पूर्वेली समाजका सदस्यहरु भेला भएका थिए ।

गत भदौ १९ गते फ्रि सेवा समाजले ९२ हजार ७ सय ५० रुपैया हस्तान्तरण गरेका थिए । बैदेशिक रोजगार कतारमा रहेका सिमान्तलोक जोगीको पहलमा सो बराबरको रकम संकलन गरी हस्तान्रण गरेको हो । फेरी दोस्रो पटक हस्तान्तरण गर्ने तयारीमा रहेको जोगीले बताए ।


दुई महिना अघि कानेपोखरी–६, को उज्वल भविश्य बाल समूहको अगुवाईमा आर्थिक संकलन गरेर १ लाख ५३ हजार ७ सय ५ रुपैया रकम उपचारको लागि हस्तान्तरण गरेका थिए । रकम गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र समूहकी अध्यक्ष स्मिता राईले संयुक्तरुपमा पीडित फुलमायालाई हस्तान्तरण गरेका थिए ।

पीडित पत्नीलाई ४६ वर्षीय भीमबहादुर तामाङले हप्तामा दुई पटक डायलोसिस गर्न साइकल मै बोकेर घरबाट ४३ किलोमिटर टाढा बिराटनगर सम्म पु¥याउँने र ल्याउने काम गरेको समाचार र सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्ने क्रम बढेको थियो । सोमबार र बिहीबार डायलोसिस गर्ने पालो राखेका छन् । दुबै मिर्गौला काम नलाग्ने भएपछि २० महिना यता फूलमाया विराटनगरको गोल्डेल अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।

सम्बन्धित खवर