धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल

पुस २६ गते, उर्लाबारी । धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशनबाट लोकबहादुर धिमाल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

आइतबार उर्लावारि स्थित धिमाल परियोजना स्थलमा निर्वाचन समितिले सर्वसम्मत निर्वाचित अध्यक्ष सहित ४१ सदस्यीय समितिको नामावली घोषणा गर्दै सपथ ग्रहण गराएको छ ।

केन्द्रको सहअध्यक्षमा कृष्णबहादुर धिमाल र अमरबहादुर धिमाल, वरिष्ठ उपाध्यक्षमा नम्बरलाल धिमाल, उपाध्यक्षहरुमा बर्तबहादुर धिमाल, केदार धिमाल, कविराज धिमाल, शान्तिदेवी धिमाल र खड्गबहादुर धिमाल महासचिवमा मातृका धिमाल, सचिवमा गिरिराज धिमाल र रुकमणी धिमाल, कोषाध्यक्षमा रत्नबहादुर धिमाल निर्वाचित हुनु भएको छ ।

त्यस्तै प्रतिष्ठान तथा परियोजना संञ्चालन विभाग प्रमुखमा तारिलाल धिमाल, खोज, अनुसन्धान, भाषा तथा सँस्कृति विभाग प्रमुखमा बुद्धिलाल धिमाल, प्रथा जनित कानुन, न्याय अनुसन्धान तथा अनुगमन विभाग प्रमुखमा कुमार धिमाल, सहकारी विभागमा मणीराज धिमाल, प्रशिक्षक, प्रशिक्षण तथा संगठन विभाग प्रमुखमा अजितकुमार धिमाल, महिला विभाग प्रमुखमा पम्फा धिमाल निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा दयाराम, गंगाराज, गिता, सविता, तिलक, प्रथम, लेखलाल, मोहन, श्रीप्रसाद, नारायण, मुखमेल, प्रतिमान, रत्नीमाया, गजेन्द्र, नेत्रकुमारी, प्रदिप, सुरेन्द्र, विकेन्द्र, सुनिल, खगेन्द्र, मञ्जु, रोमान्सी धिमाल रहनु भएको छ ।

निर्वाचन समितिका संयोजक रामबहादुर धिमालले नवनिर्वाचित समितिका अध्यक्ष सहित सम्पुर्ण सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो भने निर्वाचित समितिलाई संविधान सभाका सदस्यत्रय भीष्म धिमाल, नगेन्द्रबहादुर धिमाल र पर्तमान धिमालले शुभकामना दिनुभएको थियो ।

सम्बन्धित खवर