नेपाल आइडलमा सज्जालाई जिताउन पथरीबासीले अभियान चलाउने

भदौ १० गते, पथरी । ‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे –२ की सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटेका छन् ।

आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकाल सहितका सामाजिक अगुवाहरुको भेलाले नगरकै पहिचानका रुपमा सज्जालाई जिताउने प्रचारात्मक अभियानमा लाग्न सवैलाई आव्हान गरिएको छ ।

उत्कृष्ठ ३ मा परेर पहिलो महिला नेपाल आइडल बन्ने सम्भावना रहेकी प्रदेश नम्वर १ की एकमात्र प्रतिष्पर्धी सज्जालाई अवको शुक्रबार ५ बजेसम्मको एसएमएस भोटिङमा धेरै भन्दा धेरै भोट गरेर अर्काे स्थानमा उकालेर नेपाल आइडल बनाउन आव्हान गरिएको हो । जसका लागि विजेता बन्नेमध्येका एउटा आधार एसएमएस भोटिङका लागि सवै सामेल हुन सवैमा अनुरोध गरिएको छ ।

कोलाकोलाले प्रायोजन गरेको अनि एपीवान टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत प्रत्येक शुक्रवार राती प्रशारण हुने यो कार्यक्रममा २३ वर्षीया सज्जालाई जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरिरहेका छन् । आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्ररुपमा उनलाई रुचाइएको देखिन्छ ।उनलाई भोट गर्न नेपालबाट NI11 टाइप गरी ३७००० मा पठाउन सकिने छ । अथवा १६६६७७११ मा डायल गरी आफ्नो मत दिन सकिने छ । भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 , कतारमा ओरेडो प्रयोगकर्ताले ५३०१०, मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा एसएमएस गरी भोट गर्न सक्ने व्यवस्था गरिएको छ । अनलाइन भोटिङ गर्न रेस्पेक्ट एण्ड राइजको एप्लिकेसन डाउनलोड गरेर र इसेवाबाट पनि सुविधा रहेको उल्लेख छ ।

सम्बन्धित खवर