जेठ २१ गते, पथरी । पारिवारिक निजी वन संघ नेपालले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालन गरेका पालिकाहरुलाई ‘वाटर डिस्पेन्सर’ मेसिन सहयोग गरेका छन् ।
शुक्रबार मोरङको पथरीशनिश्चरे नगरपालिकालाई ‘वाटर डिस्पेन्सर’ मेसिन सहयोग प्रदान गरेको हो ।
संघका केन्द्रीय सचिव नविन पौडेलको नेतृत्वमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई विरामीका लागि तातो र सामान्य पानीको व्यवस्थापन गर्ने ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान भएको छ ।
संघले सातै प्रदेशमा यसखाले कार्यक्रम अघि सारेको सचिव पौडेलले जनाए ।