सोमवार, साउन २५, २०८३

नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

भदौ ७ गते, पथरी । विराट नेपाल मेडिकल ट्रष्टले पथरीशनिश्चरे नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सतर्कताका लागि सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

ट्रष्टले नगर अस्पतालका लागि २० थान पीपीइ, ३० थान फेसशिल्ड, ५० थान हेण्ड सेनिटाइजर, ५० थान केएन नाइन्टीफाइभ मास्क, ३ सय थान सर्जिकल मास्क र ३ सय थान सर्जिकल ग्लोब्स प्रदान गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेत, स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी, ट्रष्टका जिल्ला कार्यक्रम संयोजक पुनम विष्टले नगर प्रमुख दिलीपकुमार राई, डाक्टर फरिन्दा गुरुङ सहितलाई सामग्री हस्तान्तरण गरेको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालय समेतको सहकार्यमा ट्रष्टले उर्लाबारी, बेलबारी, सुन्दरहरैंचा, कानेपोखरी, रंगेली, रानी, झुर्किया सहितका मोरङका १४ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.