मङ्लबार, कार्तिक १८, २०८२

कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना मगर पराजित एमालेका तामाङ विजयी

कैलाली । कञ्चनपुर प्रतिनिधि सभा १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्। अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन्

प्रतिनिधि सभा सदस्यका आकाङ्क्षी रहेका तामाङ बाम गठबन्धनमा माओवादीलाई सङ्घ भाग परेपछि प्रदेशमा लडेका थिए ।

प्रदेशमा एमालेबाट विजयी भएर प्रमुख सचेतक भएका तामाङ पछि नेकपा एकीकृत समाजवादी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका थिए ।

स्थानीय तहको निर्वाचन पछि पुन ः एमालेमा फर्किएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका तामाङले अघिल्लो पटकको सहयात्री बिना मगरलाई पराजित गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.