प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई १० लाख छात्रवृत्ति प्रदान

पुस २७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले प्राविधिक विद्यामा स्नातक तह अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिका क्षेत्रभित्रका विद्यार्थी गाउँपालिका बाहिरको शिक्षण संस्थामा प्राविधिक विद्यामा अध्ययरनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । गरिव तथा निम्नि वर्ग र दलित समुदायको ११ जना छात्रछात्रा छनौट गरी १० लाख छात्रवृत्ति प्रदान गरिएको थियो ।

सोमबार गाउँपालिकाको एक कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले छात्रवृत्ति बापत नगद चेक हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले ‘प्राविद्यिक विद्यामा रोजगारी, कानेपोखरीका छोराछोरी’ कार्यक्रम अन्तरगत यस आर्थिक बर्ष देखी यस प्रकारका छात्रवृत्ति प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताइन् ।

वडा नं. ३ का बिएसी सिभिल अध्ययनरत दिपक ऋषिदेवलाई १ लाख १० हजार, वडा नं. ४ का बिएसी एजी अध्ययनरत सुजन सार्कीलाई १ लाख १० हजार, वडा नं. ६ का बिएसी एजी अध्ययनरत दमन्ता लिम्बु ९० हजार, गणेश श्रेष्ठ ९० हजार, अर्चना रिजाल ९० हजार र विवेक कटटुवाल ९० हजार प्रदान गरिएको छ ।

त्यसैगरी वडा नं. ७ का बिएसी एजी अध्ययनरत नितेश अधिकारी ९० हजार, वडा नं. २ का बिएसी भेटनरी अध्ययनरत नवराज कोइराला ९० हजार, वडा नं. १ की बिएसी एजी अध्ययनरत सविना कटुवाल, वडा नं. ५ का बिएसी सिभिल अध्ययनरत बिकास बुढाथोकीलाई ८० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

 

सम्बन्धित खवर