कानेपोखरी जंगलमा दुर्लभ वन्यजन्तुको सिकार बढ्दो

फागुन ५ गते, पथरी । मोरङको कानेपोखरी जंगलमा सिकारीहरुले बन्दुकको प्रयोग गरी दिनदहाडै दुर्लभ वन्यजन्तुको सिकार हुदै आएको छ ।

एकहप्ताको समयमा सो जंगलमा दुई ओटा मृग गोली लागेर घाइते अवस्थामा भेटिए छ । सम्बन्धीत निकाय मौन रहदा त्यहाँको जंगली जनावरहरु दैनिक जसो सिकारीको निसानामा पर्ने गरेको छ । वन कार्यालय र सामुदायिक वनले दुर्लभ वन्यजीवन संरक्षणमा ठोस काम नभएको जानकार बताउँछन् ।

त्यहाँ चितल, हरिण, बंदेल, खरायो र साखुवाको काठपातहरु दिनदहाडै तस्कार, चोरी निकासी हुने गरेको पाइएको स्थानीयहरु बताउँछन् । त्यहाँ न त वन कार्यालयले नै देख्छन् न वन समितिले देख्छन् । विहिबार कानेपोखरी –७ स्थित शुक्रबारे पूर्व गोली लागेको अवस्थामा २ बर्षको पोथी हरिण स्थानीयहरुले फेला पारेको थियो । गर्भ रहेको सो हरिणको पछाडीको भागमा गोली लागेको थियो ।

सिकारीको गोली लागेपछि गाउँ पसेको हरिण कुकुरले खेदाउँर्दै गर्दा गाउँलेहरुले फेला पारेको थियो । घाइते हरिण फेला पारेपछि नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरी प्रमुख युवराज भूजेल, रमाइलो चौकीका सई धनश्याम पाण्डेको नेतृत्वको टोलीले सक्त घाइते हरिणको उद्धार गरी उपचारको लागि कानेपोखरी गाउँपालिका ल्याएका थिए ।

जीवित हरिण कानेपोखरी पशुशाखाले उपचार गर्दा गर्दै केही समयमा प्राणत्याग गरेका थिए । सव डिभिजन वन कार्यालय कानेपोखरीलाई खबर गरेको ३ घण्टा पछि मात्र गाउँपालिकामा आएका थिए । त्यसको मुजुल्का गरी खाल्टो खनी पुरिने सव डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत महमद अलाउदिनले बताए ।

एकहप्ता अघि पनि शिकारीको गोली लागेर भाले जातको हरिण पूर्वपश्चिम राजमार्गमा शक्त घाइते अवस्थामा फेला परेको थियो । घाइते हरिणको सडकमा हिडेने मान्छेहरुले भेटे पछि सव डिभिजन वन कार्यालयमा सम्र्पक गरी सो हरिण बुझाएका थिए । २ बर्षे लगभग ६५ केजीको हरिण मरे पछि मुजुल्का बनाई खाल्टो खनि गाडिएको प्रमुख अलाउदिनले बताए ।

‘उनिहरुले मृगको मासु १ केजीको १ हजार रुपयाँ लिने र बदेंलको मासु रु १५ सयले बेच्ने गरेको खुलेको छ’

यस अघि सवारी साधन सहित पथरीका व्यक्ति पक्राउ परेका थिए । यस क्षेत्रमा केही व्यक्तिहरु पेसाको रुपमा सिकार गर्ने गरेका छन् । यहाँबाट काठ्माडौं सम्म वन्यजन्तुको मासु बिक्रीको लागि लगिने केही जानकारहरु बताउँछन् । बजारमा महँगो मूल्यमा वन्यजन्तुको मासु बिक्री हुने गरेको छ । सिकारीहरुले आधा केजीको दरले पोको बनाएर गाउँघर सम्म बेच्न ल्याउने गरेका छन् । उनिहरुले मृगको मासु १ केजीको १ हजार रुपयाँ लिने र बदेंलको मासु रु १५ सयले बेच्ने गरेको खुलेको छ ।

सम्बन्धित खवर