गाउँपालिका अध्यक्षलाई लक्षित गरी गरिएको अभिव्यक्ति प्रति फेडेरेसनको आपती

बैशाख २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई लक्षित गरी गरिएको अभिव्यक्तिहरु प्रति कानेपोखरी महिला फेडेरेसनले भत्सना गरेको छ ।

विहिबार रमाइलोमा पत्रकार सम्मेलनको आयोजनागरी अध्यक्ष इङ्नाम प्रति लक्षित गरी जाती, धर्म, संस्कार, संस्कृती खलल हुने खालका अभिव्यक्ति प्रति घोर भत्सना गरेको हो । केही व्यक्तिहरुले गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा मात्र ताला लगाउनु, प्रमुख प्रसासकीय अधिकृतको हाजिरी रोक्नु कार्यपालिकको वैठकले नै गरिएता पनि अध्यक्षलाई मात्र लगाउनु जस्ता कार्यले महिला भएकै कारण हेपिएको वितरित विज्ञप्तीमा उल्लेख थियो ।

गाउँपालिकाको केन्द्र सार्ने विषयमा गाउँसभाको बहुमत सदस्यले सार्ने पक्षमा निर्णय गर्दा पनि किन अध्यक्षलाई मात्र लक्षित गरियो, कानुनी प्रक्रिया पुर्याई उपाध्यक्षलाई कार्यवाहक दिएर कानेपोखरीदेखी तेह्रथुम सम्म पालिकाको गाडीमा जादा केही व्यक्तिहरुले सामाजिक सञ्जालमा गाडी हराएको सूचना हालेर अतिरञ्जित बनाउन खोजेकोमा त्यस कार्यको आपती रहेको विज्ञप्तीमा उल्लेख छ ।

अवका दिनमा यस्ता खालका असमाजिक गतिविधिहरु नर्गन अनुरोध गर्दै यस्ता गतिविधिहरु दोहोर्याएमा कानेपोखरी महिला फेडेरेसन प्रतिकारमा उत्रन बाध्यहुने बताएका छन् ।

सम्बन्धित खवर