कानेपोखरी कृषि शाखाले कृषकको लागि २३ टन धानको बीउ ल्याउर्दै

जेठ ४, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका कृषि शाखाले यस बर्ष उन्नत जातको धानको बीउ २३ टन ल्याउने भएका छन् ।

खाद्यन्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तरगत गाउँपालिकाले कृषकको माग भन्दा बढी ल्याउने भएको हो । अघिल्लो बर्षमा माग बमोजिम नपुगेपछि यसबर्ष माग भन्दा बढी ल्याउने कृषि शाखाका प्रमुख सागर पौडेलले बताए । अनुदान कार्यक्रम अन्तरगत गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लागेको छ ।

यस अघि नै उन्नत जातको धानको बीउ कृषि शाखा तथा प्रत्येक वडाबाट सूचन गरी माग गरिएको थियो । सो माग अनुसार सवै वडाबाट विभिन्न जातका धानको बीउ १५ टन (१५ हजार केजी) माग गरिएको थियो । सो माग भन्दा बढी २३ टन ल्याउने तयारीमा कृषि शाखा लागेका छन् । अहिले पहिलो चरणमा १४ टन (१४ हजार केजी) आएको कृषि शाखा प्रमुख पौडेलले जानकारी दिए ।

कृषि शाखाले वहुगुणी २, हर्दिनाथ ६, लक्का बासमती, राधा १२, राम धान, स्वर्ण सव १, सावा मन्सुली सवा १, सावित्री र हर्दिनाथ ६ लगाएतका उन्नत जातको धानको बीउ ल्याएको हो ।

अहिले पहिलो पटक प्रत्येक वडामा धानको बीउ पठाईसकेको छ । वडा नं. १ मा १०२० केजी, वडा नं. २ मा १५०० केजी, वडा नं. ३ मा ३९३० केजी, वडा नं. ४ मा १८३० केजी, वडा नं. ५ मा १३२० केजी, वडा नं. ६ मा ५७० केजी, वडा नं. ७ मा १०५० केजी वडामा पुगि सकेको कृषि शाखाले जानकारी दिएका छन् ।

कृर्षहरुले सवै भन्दा बढी स्वर्ण सव १ जातको धानको बीउ माग गरेका छन् भने सवै भन्दा कम बहुगुणी १ जातको धानको बीउ माग गरिएको कृषि शाखाको अभिलेखले देखाएको छ ।

यस पटक कृषकहरुलाई धानको बीउ पुग्ने गरी ल्याउने तयारी रहेको कृषि शाखा प्रमुख सागर पौडेलले जनाए ।

सम्बन्धित खवर