जेठ १८, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रका विद्यालय चार दिन बन्द रहने भएका छन् । अत्याधिक गर्मी बढेसँगै विद्यालयको पठनपाठनमा असहज भएपछि जेठ २३ गते सम्म सम्पूर्ण विद्यालय बन्द गरिने भएको हो ।
कानेपोखरी गाउँकार्यापालिकाको विहिबार बसेको बैठकले जेठ १९ गतेदेखी २३ गते सम्म विदा दिने निर्णय गरेको छ । बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिइएको पालिकाले जनाएको छ ।
त्यसैगरी पथरीशनिश्चरे नगरपालिकाले दुई दिन गर्मी विदा दिने निर्णय गरेको छ । विहिबारको निर्णय अनुसार शुक्रबार र आइतबार गरी दुईदिन विदा दिने निर्णय गरेको हो । शैक्षिक सत्र २०८० को वर्षे विदाबाट कट्टा हुने गरी विदा दिइएको छ ।