शनिबार, कार्तिक २२, २०८२

कानेपोखरीमा अव्यवस्थित बसोबासी ४५ जनाले पाए जग्गा धनीपूर्जा

जेठ २८, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ४५ जना अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जाको प्रमाण पुर्जा प्रदान गरेको छ ।

आइतबार वडा नं. ६, स्थित वडाकार्यालयको प्राङ्गणमा भएको कार्यक्रममा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा प्रमाण पुर्जा प्रदान गरेको हो । उनिहरुले पहिलो किस्ता बराबरको कुल रकमको ३४ प्रतिशत रकम बुझाए पछि पुर्जा प्राप्त गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि भूमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौला, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, कार्यक्रमका सभापतित्व कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडाध्यक्ष खड्ग बस्नेत, भूमि आयोग जिल्ला अध्यक्ष सामना घिमिरे, विज्ञ सदस्य प्रेमराज भारती लगाएतले प्रमाण पुर्जा प्रदान गरिएको थियो ।

पुर्जा प्रदान गर्नुभन्दा पहिले भूमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौला र भूमि आयोग जिल्ला अध्यक्ष सामना घिमिरेले कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीलाई पुर्जा हस्तान्तरण गरेका थिए ।वडा नं. ६ को पहिलो ब्लकमा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित ६२ जनालाई जग्गाको धनीपुर्जाको प्रमाण पुर्जा यस अघि नै वितरण गरिसकेको छ । पहिलो ब्लकमा अव्यवस्थित बसोबासी जम्मा १०२ जना हो । त्यसमध्ये आज ४५ जनालाई जग्गाको धनीपूर्जाको प्रमाण पुर्जा प्रदान गरिएको हो । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी जम्मा गरी १६४ जनाको पहिलो ब्लक बनाई काम सुरु गरिएको थियो । बाँकी पनि चाडै प्रदान गरिने वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले जनाए ।  कार्यक्रम सञ्चालन गाउँपालिकाका सूचना अधिकृत गोविन्द फुयलले गरेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भूमि आयोग स्थापन गरी केन्द्र र जिल्ला तहमा भूमि आयोग गठन गरेको थियो । जिल्लामा डिपी राई भूमि आयोग अध्यक्ष हुँदा मोरङमा पहिले कानेपोखरी गाउँपालिकामा २०७८ जेठ २१ गते यन्त्री विन्दु स्थापना गर्ने काम सुरु गरेका थिए । यन्त्री विन्दु स्थापना गर्ने काम सुरु भएसँगै पूर्व गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको नेतृत्वले तिब्र गतीमा काम सुरु गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.