जवरजस्ती करणी र मानव बेचबिखन मुद्दामा दुईजना युवा जेल चलान

असार २९, कानेपोखरी । जवरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना युवालाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालतको विहिबारको आदेशले झापा गौरादह ७ बस्ने ४० बर्षको सांकेतिक नाम हर्क र मोरङ केराबारी ९ बस्ने ३३ बर्षिय उमेश थापालाई कारागार चलान गरेको हो ।

प्रहरीले उनिहरु दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित खवर