कानेपोखरीमा ४५५ योजना तथा कार्यक्रम सम्पन्न

असार १५, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले उपभोक्ता समितिमार्फत विभिन्न ४५५ वटा कार्यक्रम तथा योजनाको अनुगमन् गरी कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० मा गाउँपालिकाको अनुगमन समितिले ७ वटै वडामा उपभोक्ता समिति मार्फत गरिएका योजना र विभिन्न कार्यक्रम गरी ४५५ योजना अनुगमन् गरी योजना सम्पन्न गरेको हो ।

आर्थिक बर्ष २०७९÷०८० मा उपभोक्ता समिति मार्फत संचालन योजना २८० वटा रहेकोमा २५१ वटा योजना सम्पन्न भएको छ भने २९ वटा कार्यसम्पन्न गर्न बाँकी रहेको छ । त्यस्तै विभिन्न कार्यक्रम तर्फ २३८ योजनाहरु संचालनमा थिए । जस्मध्ये २०४ वटा कार्यक्रमहरु सम्मपन्न भए भने ३४ वटा कार्यक्रम बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भाला प्रसाद अधिकारीको प्रतिवेदनमा उल्लेख छ ।

जस्मा सिंचाई ३४, सडक ग्राभेल ४६, पुल कल्भर्ट ८, विद्यालय सम्बन्धी योजना १८, ढुङ्गाजाली ८, बाँस पाइलिङ ११, सडक डे«न ५, नयाँ सडक ट्रयाक १, मठमन्दिर, चर्च र गुम्बा २१, जेष्ठ नागरीक विश्रामालय ४, खानेपानी ४, रिटेनिङवाल ५, सामुदायिक भवन ३, स्यालो टुववेल २६, स्वास्थ्य चौकी मर्मत १ र शौचालय निर्माण २ रहेका छन् ।

योजनाहरु सम्झौता भए पनि तोकिएको समयमा काम सुरु नगर्ने र अन्त्य तिर मात्र हतार हतार काम सक्ने प्रवृतिले धेरै सम्मस्याहरु देखिने गरेका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भोलाप्रसाद अधिकारी बताउँछन् ।

सम्बन्धित खवर