हराएको डुङ्गा खोज्दै………

आलेख
■ लोकेन्द्र शाक्य ■

जुन डुङ्गामा बसेर हामीले नदी तर्यौ त्यो डुङ्गालाई सम्झौ, डुङ्गा खियाउने माझीदाइलाई सम्झौ, त्यो डुङ्गा डुब्यो कि ? ती माझीदाइ कतै हराएकि ? त्यो नदी पो सुक्यो कि ?

बाल्यकालमा बालक्लव अभियानमा जोडिएका देशका हजारौ बालक्लव अभियानकर्मीहरू आजका दिनमा पनि बालक्लवसंग विताएका पहरू सम्झिदै रमाउने गरेको पाइन्छ । बालक्लवमा रहदा बस्दाका रमाइला भोगाईहरू आजका इन्टरनेट पुस्तालाई सिकाई सामग्री हुन सक्दछ ।
आजको यस बसाइमा वि सं २०६० देखि २०७० सम्म बालक्लव अभियानमा जोडिएका अभियानकर्मीहरूलाई समेट्ने कोसिस गरेको छु ।

झापा सुरूङ्गाका गौरव पोखरेल बालक्लव मार्फत आफूलाई संचारकर्मीको रूपमा स्थापित गरेको एक नाम हो । हालको दिनमा अनलाइन खबरको सह(सम्पादक पदमा कार्यरत छन । यसै लहरमा संखुवासभाका खेवाहाङ मेवाहाङ बालक्लवहरूको जिल्ला स्तरीय संजालको अध्यक्ष हुदै साहित्यिक क्षेत्रमा पनि आफूलाई डोर्याएकाछन । उनी संचार कर्मलाई पेशा बनाएर अघि वडि रहेकाछन । हाल ग्यालेक्सि फो के टेलिभिजनसंग आवद्ध छन ।

खेवाहाङसंगै संखुवासभाबाट बालक्लव अभियानमा आफ्नो परिचय बनाएको अर्को नाम हो शैलु चौहान । उनी अध्ययनमा ब्यस्त छिन ।
मोरङका भुवन बजगाई, रिता बस्नेत, पुजन भण्डारी, गुणराज थापा, प्रकाश भण्डारी, विरेन्द्रकुमार शाह, राजकुमारी तामाङ्ग साठीको दशकका बालक्लव अभियानका अभियानकर्र्मी हुन । भुवन हालका दिनमा एक गैससमा आवद्ध छन । रिता गृहष्थी जीवनयापन गर्दैछिन । पुजन, गुणराज र प्रकाश हाल सरकारी सेवामा कार्यरतछन । उता विरेन्द्र विराटनगरलाई कर्मभूमि बनाएर सकृय पत्रकारकोरूपमा आफूलाई स्थापित गरेरका छन । बयरवनका राजकुमारी तामाङ पनि बालक्लव( रेडियो पत्रकारिता) मार्फत आफूलाई सकृय बनाउदै हालको दिनमा कानेपोखरी गाउपालिका अध्यक्षको स्वकीय सचिव रहेर काम गरिरहेका छिन ।

राजकुमारी तामाङकै पदचाप चाल्दै बाल एकतामार्फत अघि बडेका धेरै पूर्वबालक्लव सदस्यहरू छन । सुमन राउत, रिजन गिरी, अस्मिता अधिकारी र विनिता श्रेष्ठ । माथिका सबै जना अध्ययन कार्यमा ब्यस्त छन ।

देशमा नै पहिलो पटक श्रमिक बालक्लव गठन गरेर विराटनगर पहिलो लहरमा उभिएको महानगर हो । विराटनगरबाटै श्रमिक बालक्लवहरूको वकालत गर्दै उदायका हालका युवा पत्रकार हुन निरज मल्ल ठकुरी । उनी हाम्रो विराटनगर अनलाइन मार्फत सूचना प्रशारण गर्दछन ।

सुनसरी धरानका गोमा पौडेल हालको दिनमा अधिकारकर्मीको परिचय बनाइ सकेकिछिन् साथै बाल तथा युवा , किशोरी शिक्षा आदि विविध विषयमा स्रोत व्यक्तीको रूपमा कृयाशील छिन् ।

सुर्खेतका तिलक पौडेल त्यस क्षेत्रका चम्किला तारा हुन । संचार क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइसकेकाछन ।
सिन्धुपालचोककि सफलता भण्डारी, सञ्जीव न्यौपाने दोलखाका राजाराम बस्नेत काठमाडौलाई कर्मभूमि बनाएर हालको दिनमा विभिन्न अभियानहरू संचालन गरिरहेका छन । साथै मूलधारको राजनितिमा पनि सकृय छन । पोखराकि कुञ्जनी परियार प्यासी अधिवक्ता भएकीछन ।

यसै गरि खोटाङका लक्ष्मण चौहान, उदयपुरका भुवन दाहाल, सुनसरीका खगेन्द्र वि क, अमन ढुङेल, आरती भट्टराई, मोरङका पृतम शाह, सप्तरीका अमर यादव, आसिश रौनियार, भावना पौडेल, जनकपुरका रक्की शाह , दोलखाका राजन बस्नेत, विरगन्जका जया शाह, राहुल शाह, सिन्धुलीका रामकाजी घलान, काभ्रेका निगम हुमागाइ, नमराज ढकाल, हरिबोल आचार्य, अशोक खनाल, सन्जीप न्यौपाने, रामसुन्दर आचार्य, भक्तपुरका दिपेश विशुन्खे, ललितपुरका प्रविण सिलवाल, तनहुका दुर्गा भण्डारी, गोरखाका प्रताप ढकाल, नवलपुरको विपना शर्मा, खिमानन्द देवकोटा, जुम्लाका धनराज सुनार, नेपालगन्जका साहिल अन्सारी, ऋतिक शाही, स्वेता गुरुङ, स्वेता तिवारी, सुरेन्द्र चलाउने, कन्चनपुरका धिरज जोशी, बैतडीका खेमराज अवस्थी धेरै साथीहरू सकृयरूपमा समाज रूपान्तरणमा लागि परेका छन ।

बालक्लव अभियानले ३ दशक पारगरिसकेको अवश्था छ । यस अवधीमा कयैन बाल अधिकारकर्मीहरूले विशिष्ठ मान सम्मान तथा पुरस्कार प्राप्त गरि सकेका छन ।

नोट : यो आलेख पुरा भएको छैन । छुटेका साथीहरूको नाम खोजी गर्दै तपाइले पनि सहयोग गर्नु हुनेछ ।

श्री लोकेन्द्र शाक्य बाल अधिकारकर्र्मी हुनु हुन्छ ।

सम्बन्धित खवर