सांङ्केतिक तस्विर
भदौ ८ गते, रमाइलो । ७ बर्षीय भान्जिलाई जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले २४ बर्षीय मामालाई पक्राउ गरेको छ ।
राती भान्जिकै कोठामा सुतेको बेला जवरजस्ती करणी गर्ने मोरङको कानेपोखरी – ६, का २४ बर्षीय राहुल खड्कालाई प्रहरीले आइतबार अपरान्ह पक्राउ गरेको हो । खड्कालाई गाउँपालिकाको न्यायिक समिति र ओरेक नेपालको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार रातीको घटना हो । छिमेकी नाताले मात्र भान्जि पर्ने हो । शनिबार पीडित बालिकाले आफुलाई मामाले जवरजस्ती करणी गरेको कुरा छिमेकीहरुलाई भने पछि छिमेकीहरुले आइतबार गाउँपालिकाको न्यायिक समिति र ओरेक नेपाललाई बालिका बारेमा अनुसन्धान गरिदिन भनेका थिए । ओरक नेपाल र न्यायिक समितिले स्वास्थ्यकर्मीको सहयोगमा प्रारम्भिक अनुसन्धान गर्दा पीडित बालिकामा घाउँ भएको पाएपछि प्रहरीलाई खबर गरेका गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले बताइन।
आरोपित खड्का आइतबार देखि प्रहरी हिरासतमा छ । पीडित बालिकालाई सोमबार विहान स्वास्थ्य चेकजाँच गरिने र स्वास्थ्य चेकजाँच पछि मात्र अनुसन्धान हुने इप्रकाका डिएसपी दिलिप कुमार गिरीले बताए ।