घाँटीमा मासु अड्किएर धनबहादुर क्षेत्रीको मृत्यु

असोज १८ गते, चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको हो ।


सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि क्षेत्रीलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज पु¥याइएको थियो ।

क्षेत्रीको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित खवर