राष्ट्रिय

सिक्किमको पूर्व मुख्यमन्त्री चाम्लिङलाई काठमाडौमा स्वागत

काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय समितिले आयोजना गरेको यले नयाँ वर्षको उत्सव तथा सम्मान कार्यक्रममा सहभागी हुन सिक्किमको पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङ राईलाई काठमाडौ आइपुगेका छन ।

कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ को मुख्यमन्त्री शेरधन राई पनि मंगलबार नै काठमाडौ आइपुगेका छ्न । सिक्किमका मुख्यमन्त्री चाम्लिङलाई होटल आन्न्पूर्णमा यायोक्खाले स्वागत गरेको छ ।

यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्षहरु जीवन हाताचो राई, तिलकप्रसाद राई, राकेश राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, केन्द्रीय सदस्य सर्वधन राई, अतिती सत्कार समितिमा रहेका केन्द्रीय सदस्य बिर्सिका राई लगायतको टोलिले चाम्लिङलाई स्वागत गरेका थिए ।

यायोक्खा नेपालले प्रतिष्ठित “हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०’ बाट सम्मान गर्दै छ । पुरस्कार राशी दुई लाख २२ हजार २२२ रुपैया र ताम्रपत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ । यले नयाँ वर्षको अवसरमा यायोक्खाले भोलि माघ १ गते राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया