बुधबार, कार्तिक १९, २०८२

धिमाल पत्रकार मञ्चको केन्दीय अध्यक्षमा पुन : विजय धिमाल

असोज २५ गते, उर्लाबारी । धिमाल पत्रकार मञ्चको दोश्रो राष्ट्रिय अधिवेशनबाट वर्तमान अध्यक्ष विजय धिमाल पुन ः अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

आइतबार मोरङको उर्लाबारी –३ स्थित धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलको केन्द्रीय सभाहलमा सम्पन्न अधिबेशनले विजय धिमालको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएको हो ।

समितिमा उपाध्यक्ष अष्टनारायण धिमाल, दिपा धिमाल, महासचिवमा चन्द्र धिमाल, सचिबमा निरोज धिमाल, कोषाध्यक्षमा शोभा धिमाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजेन्द्र, डिल्लराम, कबिता, इशा, रमिता, संतोष र सुवरर्ण धिमाल निर्विरोध चयन भएका छन् । कार्यक्रममा मोरङ, झापा, सुनसरी र काठमाडौबाट भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथि वक्ताहरुले धिमाल पत्रकार जोडतोडका साथ अघि बढ्नुपर्ने, देशभर रहेका धिमाल पत्रकारहरुको समस्या पहिचानगरी अघि बढ्नुपर्ने, जाति भित्रका पृष्ठभूमि र समस्या पहिचान गरि कलम चलाउनु पर्ने कुरा राखेका थिए ।कार्यक्रमको प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, बिशिस्ट अतिथि धिमाल जातीय विकास केन्द्रका महासचिब केदार धिमालर, आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्नेली राई, अतिथिमा लिम्बू पत्रकार संघका केन्द्रीय सचिव दिनेश मिभक लिम्बु, धिमाल जातीय बिकास केन्द्र निर्वाचन समिति संयोजक कुमार धिमाल, किँरात राई बिध्यार्थी संघका केन्द्रीय सदस्य संजय राई, धिमाल विध्यार्थी मञ्चका उपाध्यक्ष दिपेन धिमाल, धिमाल युवा ताथ खेलकुद मञ्चका अध्यक्ष सिरिप्रसाद धिमाल, धिमाल जातीय बिकास केन्द्रका पूर्व केन्द्रीय सदस्य मात्रिका धिमाल, धिमाल बिद्यार्थी मञ्चका पूर्व अध्यक्ष तिलक धिमाल लगायत रहेका थिए ।

कार्यक्रम धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो । भने कार्यक्रम धिमाल पत्रकार मञ्चका महासचिव चन्द्र बहादुर धिमालले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.