कात्र्तिक २२ गते, पथरी । स्थानीय दुईजना पत्रकार सहित एक दर्जनलाई सम्मान गर्दै हरियाली सामुदायिक वन उपभोक्ता समूहको १५ औं साधारण सभा शनिबार समापन भएको छ ।
मोरङको पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वनलाई उत्कृष्ट बनाउन कलमको माध्यमबाट सहयोग पु¥याएकोमा ब्लाष्ट टाइम्स दैनिकको पथरी समाचारदाता तथा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बालाई र क्रेजी साप्ताहिकका साम्पादक तथा प्रकाशक नेपाल पत्रकार महासंघ मोरङको सहसचिव शन्तोष राईलाई पनि सम्मान गरेको छ । पत्रकारद्वय लाई साम्मन पत्र र मायाको चिनो स्वरुप खुकुरीले सम्मान गरेका हुन ।
कार्यक्रममा उपभोक्ताको छोरीहरु वन बिज्ञान अध्ययनरत मनिका पाण्डे, आँखा स्वास्थ्य सम्बन्धि अध्यन गरेका चीना लिम्बूलाई जनही एक लाखको दरले छात्रवृत्ति प्रदान गरेका हुन । समितीका टोल प्रमुखहरु डम्बर श्रेष्ठ, तिर्थमाया सार्की, हेरालुहरु हर्कबहादुर राई, मंगलसिंह चेम्जोङ, जेष्ट नागरिक वीरबहादुर राई, गौरीप्रसाद रिजाल, धनमाया राईलाई २१ सयको दरले र सम्मान पत्रले सम्मान गरेका हुन ।उद्घाटन कार्यक्रममा सन्चारकर्मीको टोलिले निर्माण गरेको वृत चित्र “हरियाली वन“ हस्तान्तरण गरेका थिए । वृतचित्रको स्कृप्ट लेखन अर्जुन जम्नेली राई, निर्देशन शन्तोष राई, छायांकन करण धिताल र सम्पादन ईस्वर दुलालले गरेका हुन ।
कार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरपालिका हरियाली वनले ल्याएको पर्यटन सम्बन्धि कार्यक्रममा सहकार्य गर्ने बताए । कार्यक्रमको विशेष अतिथी सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश सचिव अग्नि पौडेलले सामुदायिक वन उद्यममुखी बन्नु पर्ने बताए । सामुदायिक वन पहिला संरक्षणमुखि भएपनी अब उपभोक्ता हरुलाई रोजगार दिने उद्यम मुखी हुनुपर्ने बताए । महासंघको मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राईले महासंघको आन्दोलनको कारण तेहेरो कर हटाइएको बताए ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले सामुदायिक वनहरुले काठ दाउरा प्राप्त गर्ने उपभोक्ताहरुको वितरण बार्षिक प्रतिबेदन र वन कार्यालयलाई बुझाउन थालिए थप पारदर्शी हुने दुझाव दिए । कार्यक्रममा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन लगायतले शुभकामना दिएका थिए ।
समूहको अध्यक्ष काबुलबहादुर मगरले प्रगति विवरण र भावी योजनाबारे बताएका थिए । कार्यक्रम सहसचिव रमेश दाहाल र लेखा संयोजक केसब दहाले सन्चालन गरेका थिए । हरियालीले पर्यटन बिकासको लागि हरियाली सामुदायिक वन कम्पनी दर्ता गरि २० करोडको पहिलो किस्ता स्वरुप एक करोड सस्थागत शेयर रकम संकलन गरिसकेको छ । कम्पनिमा पथरीशनिश्चरे नगरपालिकाले समेत शेयर लगानी गरेको छ ।