पुस २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सामुदायिक वनहरु स्थानीय विकास र पर्यावरण संरक्षणको आधार बनेको बताइन ।
उपप्रमुख वास्तोलाले विहिबार वडा नम्बर ६ स्थित विशाल सामुदायिक वन उपभोक्ता समूहको १२ औं साधारणसभाको उद्घाटन गर्ने क्रममा सो कुरा बताइन् । । प्रमुख अतिथि वास्तोलाले खोला उकास क्षेत्रमा स्थानीयले बृक्षारोपण गरी वन खडा गरेर समुदायका लागि ठूलो सन्देश दिएको जनाए ।
समूह अध्यक्ष देवीमाया काफ्लेको अध्यक्षमा सम्पन्न कार्यक्रममा, समूहका सचिव टेकराज दहालले समूहको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा ज्येष्ठ नागरिक लीला परियार तथा अध्ययनका क्रममा उत्कृष्ठ अंक ल्याउने आलोक आचार्य र नीशा दहाललाई सम्मान समेत गरिएको छ । कार्यक्रममा, सव डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्र कार्की सहितले मन्तव्य व्यक्त गरेका थिए ।